योजना सम्झौता तथा भुक्तानी सम्बन्धी जिल्ला विकास समिति धादिङको अत्यन्त जरुरी सूचना !

452 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आर्थिक वर्ष ०७१÷७२ को लागि स्वीकृत भई उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजनाहरुको सम्झौता गर्ने अन्तिम मिति २०७२ जेठ मसान्त सम्म मात्र भएकोले बाँकी योजनाहरुको कार्यविधिले तोकिएको प्रकृया अनुसार उपभोक्ता समिति गठन गरी थप गरिएको अवधि भित्र योजना सम्झौता गर्न आउन हुन सरोकालवाला सबैलाई जानकारी गराईन्छ । साथै जिल्ला विकास समितिसंग सम्झौता भएका सबै योजनाहरुको मिति २०७२ असार २० गते सम्म कार्य सम्पन्न गरी भुक्तानी लिनुहुन सूचित गरिन्छ । तोकिएको समय सम्म कार्य सम्पन्न नभएका योजनाहरुको भुक्तानी नहुने र सो को दायित्व जिल्ला विकास समितिबाट नब्यहोरिने समेत जानकारी गराइन्छ ।

स्थानीय विकास अधिकारी
जिल्ला विकास समिति , धादिङ