पानी परेपछि कृषकहरु खुसि, मकै र लहरेबाली छर्न कृषकहरु खेतबारीमा

639 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

goruधादिङ–जेठ, २७ लामो खडेरीको कारण मकै छर्न नपाएका धादिङका कृषकहरुलाई पानी परेपछि भने केहि सहजता भएको छ । धादिङका अधिकांस गाउँ विकास समितिका कृषकहरुले अझै पनि मकै तथा अन्य लहरे बाली छरेका छैनन् । समयमा पानी नपरेको कारण कृषकहरु मर्कामा परेका थिए ।रोपिएका अन्नवाली तथा तरकारी व्यावसायपनि खडेरीको कारण मर्न थालीसकेका थियो । तर बुधबार परेको पानी सँगै कृषकहरुले पनि केहि शितलता अनुभव गरेका छन् । सानो पानी परेपनी कृषकहरु खुसि भएका छन् । मनसुनी बर्षा सुरु भईसक्नु पर्ने भएपनि अहिले सम्म पनि बर्षा हुन सकेको छैन । भुकम्पबाट पिडित कृषकहरु समयमै पानी नपर्दा झनै समस्यामा परेका थिए । मानो रोपेर मुरी फलाउन पर्ने समयमा पानी नपरेपछि उनीहरु चिन्तित बनेका थिए । पानी परेसँगै अहिले किसानहरु बारीमा मकै छर्न व्यस्त बनेका छन् । दक्षिण धादिङ र मध्य धादिङका कृषकहरु बुधबार विहानै हल गोरु नारेर मर्क छर्न थालिसेका छन् । उम्रिएका कृषि उपजहरुमा पनि यो पानीले निकै फाईदा गर्ने कृषकहरुले बताएका छन् । धादिङको केवलपुर, छत्रेदेउराली,गोगनपानी,भुमेस्थान,कल्लेरी, लगायतका कृषकहरु पानी परेसँगै खुसि भएका छन् । यतिखेर एकहोर मकै गोड्न समय भईसक्दा पनि समयमा पानी नपर्दा कृषकहरुले यसबर्ष भर्खर मकै रोप्ने सुरसार गरिरहेका छन् ।