संविधान निमार्णको बाटो खुल्यो उप–सभामुखः घर्तीमगर

562 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ghartiधादिङबेसी –संविधानसभाका उपसभामुख ओनसरी घर्तिमगरले राजनीतिक दलहरु विच भएको सहमतिले संविधान बनाउने बाटो फुकेको बताउनुभएको छ । जिल्ला खेलकुद विकास समिति धादिङले निर्माण गरेको कभर्डहलको उद्घाटन गर्न बुधबार धादिङवेसी आइपुग्नुभएका उहाँले सो कुरा बताउनुभएको हो । भूकम्पले सबै पार्टीका नेताहरु राष्ट्रिय सहमतिको नजिक पुगेको बताउनुहुँदै उहाँले अब छिट्टै नै संविधान निर्माण हुनेमा विश्वास गर्नुभयो । नेपाल सरकार र राजनीतिक दलहरुले गरेको भूकम्प प्रतिरोधका कार्यक्रममा सबैले हातमा हात मिलाएर जार्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाललाई नयाँ संविधान दिन राजनीतिक दलहरुले गरेको प्रयासप्रति उहाँले खुलेर प्रसंसा गर्नुभएको थियो । कभर्डहलको उद्घाटन गर्नुहुन्दै उहाँले पछिल्लो केही वर्षमा नेपालले खेलकुदको विकासमा फड्को मार्न सकेको भन्दै खेलकुदमा एकताबद्ध भएर लाग्न सबैलाई आग्रह गर्नुभयो । जिल्लामा एउटा पनि कभर्डहल नभएको बेला मिनी कभर्डहलको उद्घाटन गर्नु सौभाग्यको कुरा भएको भन्दै जिल्लाले खेलकुद क्षेत्रमा एक फड्को भए पनि सफलता हासिल गर्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनराज भण्डारीले बताउनुभयो ।