चक्कु प्रहारबाट राधिकाको मृत्यु

543 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

f8f5ad320e9a791d1820e95dd4a978f9काठमाडौँ, ३० जेठ । काठमाडौँको मनमैंजु डेरा गरी बस्ने धादिङ छत्रेदेउराली–६ की ३२ वर्षीया राधिका कार्कीको चक्कु प्रहारबाट  मृत्यु भएको छ । 

धादिङ छत्रेदेउराली–६ की राधिकालाई उनकै श्रीमान् ४२ वर्षीय हरिहर कार्कीले शुक्रबार तरकारी काट्ने चक्कुले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएकीेमा शिक्षण अस्पतालमा उपचारको क्रममा आज उनको मृत्यु भएको हो ।

घटनामा संलग्न हरिहरलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, तारकेश्वर नगरपालिका–९ पुरानो गुह्येश्वरी बस्ने जीतनारायण चित्रकारको घरमा अवैधरुपमा जुवातास खेलिरहेको अवस्थामा चित्रकारसमेत १० जनालाई नगद रु २८ हजार ८०५ र ६ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ ।

सो घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।