नलाङ प्रहरी चौकीको शिलान्यास, भुकम्पले ध्वस्त प्रहरी चौकी पुर्न निर्माण अभियान शुरु

1307 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0425केशव अधिकारी
धादिङ,३१ जेठ – भुकम्पले प्रहरी चौकी भत्किएपछि तत्काल अस्थायी कार्यालय तयार पारेर सेवा प्रवाह गर्दै आईरहेको धादिङको नलाङ प्रहरी चौकीको नयाँ भवन निर्माण गर्न शुरु गरिएको छ । भुकम्पले ध्वस्त पारेको प्रहरी चौकीको पुर्ननिर्माणका लागि प्रहरीले धादिङको नलाङबाट अभियान शुरु भएको घोषणा गरेको छ ।
बैशाख १२ को भुकम्पले प्रहरी चौकी बसेको भाडाको भवन भत्किएपछि अस्थायी घर खोजेर कार्यालय संचालन शुरु गरेको नलाङ प्रहरी चौकीले आफ्नै भवन निर्माणका लागि पहल शुरु गरेको हो । करिव १५ लाखको लागत अनुमान गरिएको प्रहरी चौकीको मध्य क्षेत्रीय प्रहरी प्रमुख डिआईजि देवेन्द्र सुवेदीले आईतबार शिलान्यास गर्नु भएको छ ।
भुकम्पले खलवलाएको गाउं समाजलाई पुर्नस्थापना गरी शान्ति र अमन चयनको प्रत्याभुति दिलाउन प्रहरी शशक्त वन्नुपर्ने भन्दै समुदायको अगुवाईमा नलाङ प्रहरी चौकीको भवन निर्माण गर्न लागिएको स्थानीयवासीले वताएका छन । बैशाख १२ को भुक्मपले धादिङ जिल्लाको १२ र मध्य क्षेत्र भित्रको राजधानी वाहेकका जिल्लामा १ सय ६५ वटा भवन पूर्ण रुपमा भत्किएकाले धादिङबाट प्रहरी चौकी पुर्ननिर्माण अभियान शुरु गरिएको डिआईजी सुवेदीले वताउनु भयो ।
स्थानीयवासी तोयानाथ रिजाल र रामचन्द्र रिजालले निःशुल्क उपलव्ध गराएको एक रोपनी जग्गामा प्रहरीले थप २ रोपनी जग्गा खरिद गरी हल सहित ६ कोठे भवन निर्माण गर्न लागेको धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले जानकारी दिनु भयो । धादिङ जिल्ला विकास समितिको आर्थिक सहयोग ५ लाखमा समुदाय र अन्य सरकारी निकायबाट थप गरी १५ लाख रुपैयाको लागतमा प्रहरी चौकी भवन निर्माण गर्न लागिएको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष बद्रंी अर्यालले वताउनु भयो । भवन शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै डिआईजी सुवेदीले प्रहरीनै असुरक्षित हुंदा समाज असुरक्षित हुने भएकाले भुकम्पबाट भत्किएको कार्यालयलाई अव नयाँ ढंगवाट निर्माण गरी पुर्न निर्माण अभियान शुरु गरिएको र मध्य क्षेत्रमा भत्किएका सबै प्रहरी चौकी निर्माणका लागि पहल भईरहेको जानकारी दिनु भयो ।
कार्यक्रममा जिल्लाका विभिन्न राजनैतिक दलका प्रमुख एवम प्रतिनिधि,सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा,स्थानीय विकास अधिकारी लक्ष्मणबिक्रम थापाका साथै जिल्लामा कृयाशिल संचारकर्मी एवम स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

DSC_0415 DSC_0420 DSC_0452 DSC_0415 DSC_0425 DSC_0438