भूकम्प विदाको आधा शुल्क स्कूल कलेजले लिन नपाउने

730 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

फोटो :फाइल फोटो
काठमाडौं : वैशाख १२ गते र त्यसपछिको भूकम्पका कारण पढाइ बन्द भएका दिनको आधा मात्र मासिक शुल्क तिरे पुग्ने भएको छ।

निजी विद्यालय र कलेजले भूकम्पविदाको शुल्क ५० मात्रै लिन पाउने निर्णय शिक्षा मन्त्रालयले आइतबार गरेको हो।

निजी विद्यालय र कलेजहरुले भूकम्पविदाको पुरै शुल्क लिने जनाएपछि त्यसको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन घोषणा गरेका थिए ।

विद्यार्थी संगठनहरुले पढाइ नभएको दिनको पुरै शुल्क फिर्ता गर्न माग गर्दै आएका थिए । मन्त्रालयले पचास प्रतिशतमात्र शुल्क फिर्ता गर्ने सहमति निजी शैक्षिक संस्था सञ्चालकहरुसँग गरेको हो ।

यो निर्णय कार्यानवयन गराउन सरोकारवाला निकायलार्इ निर्देन दिइने शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले जानकारी दिए ।

भूकम्पविदाको शुल्क फिर्ता गर्न विद्यार्थी र अभिभावकहरुले आग्रह गरिरहेका बेला निजी विद्यालयले विद्यार्थी नगएको अवधिको यातायात र खानाको पनि बिल अभिभावकलार्इ पठाएका थिए ।

विदाको दिनको शुल्क फिर्ता गराउन पहल गरिदिन भन्दै विद्यार्थी संगठनले आइतबार प्रधानमन्त्री शुसील कोइरालार्इ ज्ञापनपत्र बुझाएका थिए ।

विद्यार्थीको आग्रहपछि प्रम कोइरालाले आफूले शुल्क फिर्ता गराउनका लागि शिक्षा मन्त्रीलार्इ निर्देशन दिने आश्वासन विद्यार्थीलार्इ दिएका थिए।

भूकम्पका कारण निजी विद्यालय र कलेजमा वैशाख १३ गतेदेखि जेठ १६ गतेसम्म पढाइ बन्द भएको थियो।

Ministry of education nepal Statement

 अन्नपूर्णबाट