गर्मी बढेसंगै पातला लुगाको व्यापार बढ्दो

765 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

522331007_1429086777 विस्तारै जाडो यामको विदाईसंगै गर्मी सिजनको आवगमनको आवास भइरहेको छ । काठमाडौं उपत्यका लगायत फेसन शहरको नामले चिनिने धरान र विश्वमै उत्कृष्ठ शहरको नमुना पोखरामा मात्र नभई प्रमुख शहर र गाउँघरमा पनि पातलो लुगाको व्यापार बढ्दो अवस्थामा छ ।

फेसन अनुसारको लत्ता कपडा लगाउने समय आएको बजारतिर हेर्दा थाहा हुन्छ । गर्मी महिना लागेपछी हल्का र पातलो पहिरन लगाउने प्रचलन जहाँकाही पनि हो र सधै वर्ष झैं यो वर्ष पनि गर्मी बढ्दै गएपछि बजारका पसलहरुमा गर्मीका कपडा खरिद गर्नेहरुको चाप देखिन्छ । भने साना फेन्सी पसल देखि गनिएमानिएका सुपरमार्केट फेसनएवल कपडाले सजिसजाउ र ग्राहकको चापले भरिभराउ देखिन्छन् ।

सबैखाले युवायुवतीको चाहना र फेसन अनुसारको कपडाहरु मार्केटमा उपलब्ध छन् । विशेष गरी काठमाडौंको न्युरोडका सपिङ् सेन्टरहरु, खिचापोखरी का पसलहरु, असन, भोटाहिटी, जमल र दरबारमार्गका पसलहरु, काठमाडौं महल, भाटभटेनी सुपरमार्केटका सम्पुर्ण शाखामा ग्राहकको बढी भिडभाड हुनेगरेको देखिन्छ । साथै व्यापार बढेदै गएको व्यापारीहरु बताउछन् । त्यसमा पनि केटाहरुको तुलनामा केटीहरुको बजार तर्फ कपडा खरिदप्रतिको आकर्षण बढ्दो देखिन्छ । भने बाटोमा पनि पातला र छोटा लुगा लगाउने ग्लामर केटीहरु देख्न पाइन्छ, भने बढ्दो व्यापारका कारण व्यापारी अनुहार पनि उज्याला देखिएका छन् ।

गर्मीका अवसरमा केटीहरुले बढी जस्तो वनपिस, हाफपाइन्ट, टप्स, जर्मसुट, अल्लादिन, कटनका कपडाहरु लगायतका पहिरन खरिद गर्ने गरेको पाइन्छ । यसमा विशेष गरी छोटा र पातला कपडाहरु पर्ने गरेका छन् । फेसनको ग्ल्यामरले हाम्रो नेपाली बजारलाई च्याप्पै समातेको छ । सँगसँगै व्यापारीहरु पनि मख्ख छन् पैसा समाउने फुर्सद छैन असिन पसिन भएर भन्छन् अब त एकछिन नआएपनि हुन्थ्यो । अरु दिन भन्दा शनिबार अझ बढी व्यापार हुन्छ रे ।