असिनापानीले तरकारी बालिमा क्षती

602 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images (1)सल्यान -सल्यानमा असिनापानीले तरकारी बालिमा क्षती पु¥याएको छ । गएरातीदेखि सोमवार  विहान सम्म परेको असिनापानीले भर्खरै रोपेको तरकारीका विरुवा बगाएको छ भने फुलेका र फल लाग्न सुरु गरेका तरकारि तथा फलफुललाइ पनि असिनापानीले चोट पु¥याएको किसानहरुले बताएका छन् ।

यस्तै भर्खरै रोपेको मकैबालिमा पनि पानीले असर गरेको छ । विशेषगरि वेमौसमी तरकारि खेतीका लागी प्रख्यात मानिएको कधनवाङ, सिनवाङ, फलावाङ, रीम, त्रिवेणि गाविसका किसानहरुले लगाएको टमाटर, भेडे खुर्सानी, सिमी लगाएतका तरकारिमा असिनाले क्षती पु¥याएको हो । तर कतिपय किसानलाइ भने यो पानीले राहत पनि दिएको छ । यो पानीले पर्याप्त जमिन भिजेको र अब मकै तथा तरकारि खेतीका लागी थप फाइदा पुगेको किसानहरुको भनाइ छ । अस्ती शनिबारदेखि नेपालमा मनसुन भित्रीएपछि सल्यानमा पनि पानी परेको हो । तर नेपाल प्रवेश गरेको मनसुन सक्रिय हुन अझै तीनचार दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायूको प्रभाव अझै बाँकी रहेकाले मनसुन सक्रिय हुन ३।४ दिन लाग्ने महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार अहिले पूर्वमा कमजोर मनसुन भित्रिएको छ र यो देशभर पुग्न अझै केही दिन लाग्नेछ । पूर्वमा देखिएको मनसुनी हावा मध्य क्षेत्र हुँदै पश्चिम पुगेपछि मनसुन सक्रिय हुने मौसमविद् अर्यालले बताउनुभयो ।