मायोज चाउचाउमा पनि प्रविबन्ध, म्यागीमा कायमै

1017 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

mayos_1434368077काठमाडौं – नेस्ले इण्डियाद्वारा उत्पादित म्यागीपछि नेपालको मायोज चाउचाउको विक्री÷वितरणमा लागेको प्रतिबन्ध लागेको छ । केही समयअगाडि भारतबाट आयातित म्यागी चाउचाउ खानयोग्य छैन भनी सञ्चार माध्यममा आएपछि नेपाल सरकारले पनि यसको विक्री वितरणमा रोक लगाई परीक्षणमा राखेको थियो । परीक्षणमा म्यागीसहित नेपाली ब्राण्डका चाउचाउ पनि समावेश गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जानकारी दिएको छ । म्यागी तथा नेपाली ब्राण्डका चाउचाउमा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तरअनुसार अधिकतम २ दशमलव ५ पीपीएमकै परिधिभित्र पाइएको तर म्यागी र मायोज ब्राण्डका चाउचाउका लेबलमा ‘नो एडेड एमएसजी’ लेखिएकाले कारबाही अगाडि बढाइएको विभागले बताएको छ ।  साथै, विभागले परीक्षण गरेका चाउचाउमा ग्लुटामेट भने पाइएको छ । खाद्य पदार्थमा ग्लुटामेट प्राकृतिक रूपमै रहने भएकाले  खाद्य प्रयोगशालाको परीक्षण विधिबाट प्रकृतिक वा बाहिरबाट थपिएकोे हो भनी तयारी चाउचाउको परीक्षणमा थाहा पाउन नसकिने विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैले तयारी चाउचाउमा भएको ग्लुटामेट  स्वयम् उद्योगले गुड म्यानुफ्याक्चरिङ प्राक्टिक्स (जीएमपी)का आधारमा गुण नियन्त्रण गर्नुपर्ने विभागको भनाइ छ ।  विभागले यी दुवै उद्योगलाई सो चाउचाउमा बाहिरबाट एमएसजी थपिएको छैन भनी यथेष्ट प्राविधिक प्रमाण तथा कागजात पेश गर्नसमेत निर्देशन दिएको छ ।
म्यागी चाउचाउको उत्पादक नेपालमा नरहेकाले सो चाउचाउको नेपालका आयातकर्तालाई सम्बन्धित उद्योगबाट सो उद्योग रहेको मुलुकको सरकारी स्तरको खाद्य सुरक्षा अधिकारीबाट चाउचाउ उत्पादन गर्दा प्रयोग गरिएको सम्मिश्रणमा एमएसजी बाहिरबाट थप नगरिएको र त्यसमा भएको सबै ग्लुटामेट प्राकृतिक मात्र रहेको प्रमाणित कागजात पेश गर्न आयातकर्तालाई निर्देशन दिएको छ ।
विभागले अझै परीक्षण जारी रहेको जानकारी दिएको छ । यस्ता खाद्य तथा पेय पदार्थ आयत गर्दा नै प्रविधि तथा गुण नियान्त्रण विभागको अनुमति प्रयोगशालाबाट परीक्षण गरी आयत गर्न आयतकर्तालाई विभागले आग्रह गरेको छ ।  नेस्ले इण्डियाद्वारा उत्पादित म्यागीपछि नेपालको मायोज चाउचाउको विक्री÷वितरणमा पनि प्रतिबन्ध लागेको छ । केही समयअगाडि भारतबाट आयातित म्यागी चाउचाउ खानयोग्य छैन भनी सञ्चार माध्यममा आएपछि नेपाल सरकारले पनि यसको विक्री वितरणमा रोक लगाई परीक्षणमा राखेको थियो ।

परीक्षणमा म्यागीसहित नेपाली ब्राण्डका चाउचाउ पनि समावेश गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जानकारी दिएको छ । म्यागी तथा नेपाली ब्राण्डका चाउचाउमा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तरअनुसार अधिकतम २ दशमलव ५ पीपीएमकै परिधिभित्र पाइएको तर म्यागी र मायोज ब्राण्डका चाउचाउका लेबलमा ‘नो एडेड एमएसजी’ लेखिएकाले कारबाही अगाडि बढाइएको विभागले बताएको छ ।  साथै, विभागले परीक्षण गरेका चाउचाउमा ग्लुटामेट भने पाइएको छ । खाद्य पदार्थमा ग्लुटामेट प्राकृतिक रूपमै रहने भएकाले  खाद्य प्रयोगशालाको परीक्षण विधिबाट प्रकृतिक वा बाहिरबाट थपिएकोे हो भनी तयारी चाउचाउको परीक्षणमा थाहा पाउन नसकिने विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैले तयारी चाउचाउमा भएको ग्लुटामेट  स्वयम् उद्योगले गुड म्यानुफ्याक्चरिङ प्राक्टिक्स (जीएमपी)का आधारमा गुण नियन्त्रण गर्नुपर्ने विभागको भनाइ छ ।  विभागले यी दुवै उद्योगलाई सो चाउचाउमा बाहिरबाट एमएसजी थपिएको छैन भनी यथेष्ट प्राविधिक प्रमाण तथा कागजात पेश गर्नसमेत निर्देशन दिएको छ ।

म्यागी चाउचाउको उत्पादक नेपालमा नरहेकाले सो चाउचाउको नेपालका आयातकर्तालाई सम्बन्धित उद्योगबाट सो उद्योग रहेको मुलुकको सरकारी स्तरको खाद्य सुरक्षा अधिकारीबाट चाउचाउ उत्पादन गर्दा प्रयोग गरिएको सम्मिश्रणमा एमएसजी बाहिरबाट थप नगरिएको र त्यसमा भएको सबै ग्लुटामेट प्राकृतिक मात्र रहेको प्रमाणित कागजात पेश गर्न आयातकर्तालाई निर्देशन दिएको छ ।

विभागले अझै परीक्षण जारी रहेको जानकारी दिएको छ । यस्ता खाद्य तथा पेय पदार्थ आयत गर्दा नै प्रविधि तथा गुण नियान्त्रण विभागको अनुमति प्रयोगशालाबाट परीक्षण गरी आयत गर्न आयतकर्तालाई विभागले आग्रह गरेको छ ।