गोरखामा भाडाका जग्गामा विद्यालयको टहरा

595 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–असार ४, कम्पले भवन भत्किएपछि मुच्चोकको चतुर्माला उच्च मावि अहिले टहरामा सञ्चालित छ । पाँच सय भन्दा बढी विद्यार्थीका लागि पहिले विद्यालय रहेको स्थानभन्दा केही माथि ब्यक्तिको जग्गामा पाँचवटा टहरा हालिएको छ । फल्ने बेला भएको मकैबाली फाँडेर टहरा हालेको विद्यालयले जग्गाधनीलाई भाडा तिर्नुपर्ने सर्त छ ।

सौरपानी ४ को हिमालय उच्च माविले पनि वाषिर्क २५ हजार रुपैयाँ जग्गा भाडामा लिएर टहरा हालेको हालेको छ । भूकम्पले यस विद्यालयको १८ कोठे भवन भत्काइदिएको नागरिक दैनिकमा खबर छ ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष भरत पनेरु भग्नावेशेष वरिपरि टहरा हाल्ने ठाउँ नहुन, त्यस्तो ठाउँमा विद्यार्थी राख्दा उनीहरुमा त्रास बल्भिmने देखेर भाडाको जग्गामा टहरा हाल्नु परेको बताउँछन् । भाडामा लिनसमेत जग्गा नपाएका विद्यालयले ऋण खोजेर किन्नुुपर्ने बाध्यतान छ । मदनेडाँडा माविका प्रधानाध्यापक रुद्रप्रसाद उप्रेतीले भने, ‘भवन भत्किएकाले प्रतिरोपनी १ लाख ३० हजार रुपैयाँका दरले ७ रोपनी जग्गा किनेर टहरा हाल्दै छौं ।’

भग्नावशेष हटाएर पहिले रहेकै ठाउँमा तत्काल नयाँ भवन बनाउने हैसियत जिल्लाका कुनै पनि विद्यालयको छैन । भग्नावेशेष पन्छाउने स्रोत र जनशक्ति नहुँदा भाडाका जग्गामा विद्यालय चलाउने क्रम बढेको हो ।