“सोचेर खाऔं, खाना खेर नफालौं, वातावरण जोगाऔं” भन्ने नारासहित नेपालमा पनि आज विश्व वातावरण दिवस मनाइँदै

926 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२२ जेठ ( धादिङन्युज )।  आज जून ५ तारिख, विभिन्न कार्यक्रम संसारभर विश्व वातावरण दिवस मनाइँदै छ । “सोचेर खाऔं, खाना खेर नफालौं, वातावरण जोगाऔं” भन्ने नारासहित नेपालमा पनि विश्व वातावरण दिवसका अवसरमा वातावरणको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाहरूले कार्यक्रम गर्दैछन् ।
दिवसका अवसरमा वातावरण मन्त्रालयले पनि राजधानीमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । यसैगरी सरकारी तथा गरैसरकारी संघसंस्थाहरुले वातावरण संरक्षण, जलवायु परिवर्तन र यसले मानवजीवन तथा कृषिमा पारेको प्रभावबारे छलफल, अन्तत्र्रिmया जस्ता कार्यक्रम गर्दैछन् । सरकारले वातावरणको अनुगमन र नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले यो वर्ष पहिलो पटक वातावरण विभाग समेत गठन गरेको छ । पर्यावरणप्रति जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ जून ५ देखि विश्व वातावरण दिवस मनाइने गरिएको हो ।