२ सय टन धानको बीउ बांड्दा साढे ३ लाखभन्दा बढी कमिशन

654 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

472793408_1434684603धादिङ- धानको बीउ वितरणमा अनियमितता भएको खुलासा भएको छ । खाद्य तथा कृषि संङ्गठन (एफएओ) ले भूकम्प प्रभावित ६ जिल्लामा वितरण गरेको धानको बीउको तौलमा कम भएको पाइएको हो । बीउबिजनको जिम्मा पाएको राष्ट्रिय बिउबिजन कम्पनीले एफएओको सहभागितामा भूकम्प प्रभावित दोलखा, रसुवा, धादिङ, नुवाकोट, गोरखा र सिन्धुपाल्चोकमा करिब १ सय ९८ टन धानको बीउ वितरण गरेको थियो । ५ केजीको मिनी प्याकेट बनाएर कृषकलाई वितरण गरिएको बीउको प्याकेटमा साढे १ किलोसम्म बीउ कम भएको पाइएपछि अनियमितता भएको खुलासा भएको हो । सो परिमाणको बीउ वितरण गर्दा साढे ३ लाख भन्दा बढी मूल्यको धानको बीउ गायब भएको छ ।

एफएओको तर्पmबाट वितरित धानको बीउको प्याकेटमा साढे २ किलोदेखि ४ किलो १ सय ग्राम बीउ मात्र भएको गुनासो ती जिल्लाबाट आएको बताइएको छ । सबै जिल्लाका कृषि सेवा केन्द्र तथा स्वयम् कृषकबाट नै बीउमा अनियमितता भएको गुनासो आएपछि कृषि विकास मन्त्रालयले राष्ट्रिय बीउबिजन कम्पनीलाई छानबिन गर्न पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा. उदयचन्द्र ठाकुरले बताए ।