बैदेशिक रोजगार कानून सम्वन्धि अभिमुखिकरण

956 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_8394धादिङ–नेपालका ५६ प्रतिशत घर परिवारले वैदेशिक रोजगारीबाट आएको रेमिटान्स बुझ्ने गरेको सरोकारवालाहरुले वताएका छन । दैनिक १५ देखि १६ सय नेपाली युवा युवतीहरु विभिन्न मुलुकमा बैदेशिक रोजगारीका लागि जाने गरेको सुरक्षित वैदेशिक रोजगारीका लागि कार्यरत संस्था पिपुल फोरमले जनाएको छ ।
फोरमका अध्यक्ष अधिबक्ता सोम लुईटेलका अनुसार आर्थिक बर्ष २०७०÷७१ मा मात्रै देशका ३४ लाख ४७ हजार ५६ जना नेपालीहरु वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका छन । युवाहरु वैदेशिक रोजगारीमा जानेक्रम बढ्दै जाँदा मुलुकको कुल ग्राहस्थ उत्पादन २३ प्रतिशत पुग्नुका साथै मा जिल्लाका सरोकारवालाहरुलाई बैदेशिक रोजगार कानून सम्वन्धि जानकारी दिने उद्धेश्यले आईतबार धादिङबेसीमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम) र धादिङमा सुरक्षित आप्रवासन परियोजना संचालन गरिरहेको चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाज सिर्डस धादिङको संयुक्त आयोजनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पिपुल फोरमका अध्यक्ष अधिबक्ता लुईटेल,अधिवक्ताहरु बिरवलकाजी राई,लिलामणी पौडेलले बैदेशिक रोजगारीको परिचय,बैदेशिक रोजगार सम्वन्धि कानूनी व्यवस्था,सुरक्षित बैदेशिक रोजगारीका संयन्त्रहरु लगायतका बिषयमा जानकारी गराउनु भएको थियो । सिर्डस धादिङका उपाध्यक्ष राजु परियारको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न राजनैतिक दलका प्रतिनिधि,अधिकारका लागि कृयाशिल संस्थाका प्रतिनिधि, सरोकारवाला सरकारी निकायका प्रतिनिधिहरुका साथै संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
अभिमुखिकरण कार्यक्रम उपलव्धिमुलक रहेको र वैदेशिक रोजगारीमा गएकाहरुलाई ठगिनवाट बचाउन गाउं गाउंमा सचेतना कार्यक्रम संचालन गर्नुका साथै सरोकारवालाहरु अझै सचेत वन्नु पर्नेमा जोड दिईएको थियो । कार्यक्रमलाई नेकपा एमालेका केन्द्रिय सदस्य खेम लोहनी, एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष रामवहादुर भण्डारी,नेपाली कांग्रेसका सचिव भक्त लामा,प्रहरी नायव उपरिक्षक प्रकाश मल्ल, अधिकारकर्मी राधिका सापकोटा लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।