खाना खाएर सुतेका परिवारका चार जना एकै साथ विरामी

821 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

poisinor bread _dhading pinda_Sani maya tamangधादिङ, ७ असार – दक्षिणी धादिङको पिडा गाविसमा खाना खाएर सुतेका एकै परिवारका चार जना गम्भिर विरामी परेका छन ।
पिडा गाउँ विकास समितिको वडा नं ८ वालुवाडाँडामा आइतवार राती खाना खाएर सुतेका एकै परिवारका ४ जना एकै साथ विरामी परेका हुन । खाना खाएर सुतेका स्थानिय ८५ बर्षिय लालबहादुर रुम्वाको परिवार नै एक्कासी विरामी परेपछि स्थानियहरुले उपचारका लागि तत्काल नजिकैको स्वास्थ्य चौकी पु¥याएपनि विरामीको अवस्था गम्भिर भएपछि रातीनै काठमाण्डौं लगिएको थियो ।
सँधै झै आईतबार सांझ पनि मकैको ढिडो र गुन्द्रुक खाएर सुतेका लालबहादुरको परिवार सुतेको केही बेरमै वान्ता गर्न थालेपछि खानेकुरामा केही मिसिएको हुन सक्ने अनुमान गर्दै उनिहरुलाई उपचारका लागि गाउंलेहरुले उद्धार गरेका थिए ।
विरामी हुनेहरुमा लालबहादुरका छोरा ४२ वर्षिय सोम बहादुर रुम्वा, बुहारी ४० वर्षिया सानुमाया रुम्वा र नाति १५ वर्षिय नक्कले रुम्वा रहेका छन । इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरिक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसारे, ‘खाना खाएर सुतेपछि बान्ता गर्ने र बेहोस हुने भएपछि नजिकैका स्थानियहरुको सहयोगमा उनीहरुलाइ स्वास्थ्यचौकी ल्याइएको हो । गाउँमा मोटर नपुग्ने भएपछि गाउंलेहरुले केही तल सम्म वोकेर ल्याए पछि आदमघाट वाट गएको शशस्त्र प्रहरीवल,इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले विरामीहरुलाई उद्धार गरी रातीनै राजमार्ग सम्म ल्याएको पिडा गाविसका पुर्व अध्यक्ष प्रमोदराज रुपाखेतीले वताउनु भयो । विरामी सबैको मनमोहन मेमोरियल अस्पताल काठमाण्डौंमा उपचार भईरहेको पनि रुपाखेतीले जानकारी दिनु भयो ।
खाना खाएर सुतेको भएपनि खानामा कुनै विषादी मिसाइएको वा अन्य के कारणले विरामी परेको हो भनेर खुल्न नसकेकाले यस बिषयमा अनुसन्धान भइरहेको प्रहरी निरिक्षक क्षेत्रीले बताउनु भयो । विरामी भएकाहरुमध्ये लालबहादुरको अवस्था चिन्ताजनक रहेको र अरुको अवस्था सामान्य रहेको वताईएको छ ।
३ महिना अघिमात्र पिडा गाउँ विकास समितिकै पुकुनमा विषादी मिसाइएको रोटी खाएर एकै परिवारका ६ जनाको मृत्यु भएको थियो । यसअघि गत शनिवार त्रिपुरेश्वर गाउँ विकास समितिको मसारमा पनि जंगली च्याउ खाएर एकै परिवारका ४ सहित ६ जना विरामी परेका थिए । बर्षायाम सुरु भएसंगै जताततै च्याउ उम्रन सुरु भएको बन जङगलमा पाईने च्याउ मानिसहरुले कुन खान हुने र कुन खान नहुने छुट्टयाउन नसक्दा मानिसहरुको ज्यानै समेत जाने गरेको छ ।