एसएलसीमा सबै भन्दा धेरै गणितमा फेल

679 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

slcभक्तपुर – यस बर्षको एसएलसी परीक्षा अन्र्तगत मौका परीक्षामा सहभागि हुने विद्यार्थीको संख्या १ लाख ९३ हजार २८ रहेको छ । दुई विषय सम्म फेल भएका विद्यार्थीले मौका परीक्षा दिन पाउँछन् । यो बर्ष साउन २० गते देखि मौका परीक्षा हुँदै छ ।

२ विषयमा फेल हुनेको संख्या १ लाख ३७ हजार ५ सय ५४ र एक विषयमा मात्रै फेल हुनेको संख्या ५५ हजार ४ सय ७४ रहेको परीक्षा नियन्त्रक विष्णु बहादुर द्धारेले जानकारी दिए । उनका अनुसार, सबै भन्दा धेरै गणितमा १ लाख ६३ हजार ९ सय ७९ जना फेल भएका छन् । ४ लाख ५ हजार ३ सय ३८ विद्यार्थी सहभागि भएकोमा २ लाख ४१ हजार ३ सय ५९ जना पास भएका थिए एडु खबर डट कमले समाचार लेखेको छ ।

गणित पछि धेरै विद्यार्थी फेल हुने विषय विज्ञान भएको छ । विज्ञानमा परीक्षामा सहभागि विद्यार्थी संख्या ४ लाख ५ हजार २ सय २२ रहेकोमा १ लाख ५६ हजार ६३ जना फेल भएका छन् ।

अंग्रेजीमा ४ लाख ५ हजार २ सय ६४ विद्यार्थीले परीक्षा दिएकोमा २ लाख ७९ हजार ३ सय ४३ विद्यार्थी मात्रै पास भएका छन् । अर्थात् अंग्रजीमा फेल हुने विद्यार्थीको संख्या १ लाख १५ हजार ९ सय २१ रहेको छ । यस्तै सामाजिकमा परीक्षामा सहभागि ४ लाख ५ हजार ३ सय २८ विद्यार्थी मध्ये ३ लाख ३ हजार ७ सय ९८ विद्यार्थी फेल र बाँकी १ लाख १ हजार ५ सय ४० जना फेल भएका छन् ।

यस्तै स्वास्थ्य तथा जनसंख्यामा परीक्षामा सहभागि विद्यार्थीको संख्या ४ लाख ४ हजार ५ सय २२ रहेकोमा ३ लाख ६९ हजार ९ सय १९ जना फेल भएका छन् । अर्थात् यो विषयमा फेल हुने विद्यार्थीको संख्या ३४ हजार ६ सय ३ रहेको छ ।