२०६८ को जनगणना भन्दा जिल्लामा २० प्रतिशतले घरधुरी बढ्यो 

483 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

badhe gharधादिङ–असार ११, धादिङ जिल्लामा वि.स २०६८ सालको भन्दा २० प्रतिशतले घरधुरी बढेको जिल्ला विपद् व्यावस्थापन समितिले जनाएको छ । विशषे गरि उत्तरी धादिङका विभिन्न गाउँ विकास समितिमा जिल्लाको अन्य गाविसमा भन्दा बढी घरधुरी बढेको छ । तथ्याङक गलत हुँदा राहत वितरणमा अहिले समस्या परेको छ । जिल्लाको लापा गाविसमा ६० प्रतिशतसम्म घर सङ्ख्या वृद्धि भएको छ । तर सेर्तुङ गाविसमा २२ प्रतिशत घर सङ्ख्या जनगणनाभन्दा पनि कम देखिएको छ । लापा गाविसमा २०६८ को जनगणनाअनुसार सबै ८ सय ५३ घर भत्केकोले करिब ९०० घरका लागि सरकारले उपलब्ध गराउने रकम वितरण गर्न विपद् व्यवस्थापन समितिले गाउँ पठायो तर आधा गाऊँलाई वितरण गर्दा नगर्दै सो रकम सकिएको छ । विकट गाउँमा सञ्चारको समेत सुविधा नभएकाले फेरि रकम लिएर आउने जानकारी दिँदै गाउँबाट त्यत्तिकै टोली फर्किएर पुनः राहत रकम लगेर वितरण गर्नुपर्ने अवस्था आएको छ । लापा गाविसमा एक हजार ३ सय ६८ घरधुरी रहेकामा ती सबै घर पूर्णरुपमा नष्ट भएको छ । री गाविसको पनि अवस्था उस्तै छ । गाउँमा क्षतिको विवरण सङ्कलन गर्न पुगेको टोलीले १ हजार १ सय १० घरधुरी रहेको री गाविसमा एक हजार ७ सय १ घर रहेका र ती सबै घरमा पूर्ण क्षति पुगेको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई बुझाएको छ । त्यस्तै सेमजोङ गाविसमा ८१७ घर रहेकामा एक हजार १६९ घर पूर्ण रुपमा क्षति भएको विवरण सदरमुकाममा बुझाएर क्षति मूल्याङ्कन टोली फर्केको छ । उत्तरको सेर्तुङ गाविसमा २०६८ को गणनाअनुसार १ हजार ५ सय ३० घर भएकोमा एक हजार १ सय ८६ मात्र घर रहेको पाइएको छ ।