उनी धादिङको नीलकण्ठ नगरपालीकै भित्र यसरी लुटिईन

515 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 rape-victims-300x300धादिङ ११ असार । झमक्क साँझ पर्दा उनी धादिङबेसीको बीचबजारमा हिँडिरहेकी थिइन् । एउटा जीप ढेपिँदै आएर रोकियो । ‘कहाँ जाने बैनी ?’ ड्राइभरले सोध्यो ।
पुलुक्क हेरेर उनी अर्कोतिर फर्किइन् । बिस्तारै हिँडिरहिन् । बा ५ च ३११ नम्बरको बोलेरो पनि उनकै छेउ–छेउ गुडिरह्यो । ‘भन न, कहाँ जाने ?’ चालकले फेरि सोध्यो । ‘दामगाडे’ भन्दै उनी हिँडिरहिन् । ‘बस’, उसले भन्यो, ‘म पनि उतै हिँडेको । गाडीमा पुर्‍याइदिन्छु ।’ ‘पर्दैन,’ हातमा झुण्ड्याएको जेब्रा झोला सम्हाल्दै उनले भनिन्, ‘म हिँडेरै जान्छु ।’ गाडीमा अर्को यात्रु पनि थियो । ड्राइभरले ढोका ढोका खोलिदिँदै इसारा गर्‍यो ‘बस,’ उनी बसीन् ।
पिच भएको इलाका काटेर अलि माथि पुगेपछि उसले गाडी रोक्यो । पुरुष यात्रु झर्‍यो । उनले भनिन्, ‘म पनि यहीँबाट हिँडेर जान्छु ।’ ‘बस न बस,’ उसले भन्यो, ‘म पुर्‍याइदिन्छु नि । उनी फेरि बसीन् । मिलन टोल पुगेपछि उसले फेरि गाडी रोक्यो । त्यहाँ सानो होटल थियो । उसले युवतीलाई ‘खाजा खाएर जाउँ’ भन्यो । उनले मानिनन् । उसले झन जोड ग¥यो । बरु फेरि भनिन्, ‘म यहीँबाट हिँडेर जान्छु ।’
एक्लै खाजा खाएर ऊ गाडीमा चढ्यो । केही माथि पुगेपछि फेरि गाडी रोक्यो । सबै सिसा लगायो । उनको हात र अन्य अंगमा छुँदै जिस्काउन थाल्यो । ‘छोड्नुस्,’ उनी झर्किइन्, ‘म जान्छु ।’ उसले च्याप्प हात समात्यो, उनले सुनाईन्, ‘मैले खुट्टाले गाडीको ढोकामा हिर्काएँ । तर, खुलेन । उसले अर्को हातले खुट्टा पनि समात्यो । म चिच्याएँ । उसले मुख थुनिदियो । र, कराईस् भने मारिदिन्छु भन्यो ।’
उनी लाचार भइन् । हात झड्कारिन् । खुट्टा बजारिन् । उनको केही लागेन । उनी बलात्कृत भइन् । संयोगवश त्यही बेला त्यही बाटो जाने दुई जना व्यक्ति आईपुगे । उनीहरुले गाडीभित्र अनोठो खैलाबैला सुनेर ढक्ढक्याएछन् । चालक बाहिर निस्कियो । मोबाइलको टर्च बालेर हेर्दा उनीहरुले उनको बिजोक अवस्था देखे । समातेर बाहिर निकाले चालक गाडी लिएर फरार भयो । कान्तिपुर दैनिकमा खबर छ ।
घटनाका दोषीउपर हाल जिल्ला अदालत धादिङमा बलात्कारको आरोपमा मुद्दा अघि बढेको छ । पीडित भने धादिङको एक गैरसरकारी संस्थाको शिविरमा शरण लिएर बसेकी छिन् । -कान्तिपुर दैनिकबाट