जिल्ला सामुदायिक आँखा केन्द्रमा विरामीको चाप बढ्यो

745 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

jill aspatalधादिङ–असार १२,जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा आँखाका बिरामीहरुको चाप बढ्दै गएको छ । विनासकारी भुकम्प, झरी र बढ्दो गर्मी सँगै आँखा पाक्ने रोग, धुवाँधुलोबाट आँखामा देखिने एलर्जी जस्ता आँखा रोगका विरामीहरु आउने गरेको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङले जनाएको छ । अहिले जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा दैनिक ५०÷६० को हाराहारीमा आँखाका विरामीहरु आउने गरेको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका डा.राम सिं तामाङले जानकारी दिनुभयो । विशेषगरी बालबालिकाहरुमा आँखा चिलाऊने, धुलो धुँवाले गर्दा आँखामा एलर्जी हुने लगायतको समस्या देखिने हुनाले आँखाको सरसफाईमा विशेष ध्यान दिनुपर्ने डाक्टर तामाङले बताऊनुभयो । आँखा चिलाऊने, रातो हुने, धेरै निन्द्रा लाग्ने, चिप्रा लाग्ने लगायतका समस्या देखिएमा आँखाको जाँच गराइहाल्न पनि उहाँले सुझाव दिनुभयो । चर्काे घाममा खुलेयाम हिड्दा घामबाट निस्कने परावैजनी किरणले आँखामा असर पु¥याई भविश्यमा मोतियाविन्दुको समेत खतरा हुन सक्छ । धुँवा, धुलो जस्ता प्रदुषणले संवेदनशिल अंग आँखामा असर पु¥याउने हुँदो सुरक्षाको लागी चस्माको प्रयोग गर्नुपर्ने आँखाका विज्ञहरुले सुझाव दिएका छन् ।