सध्रेलात, राजमार्गका होटलहरु

394 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

hotelधादिङ–असार १४, राजमार्ग आसपासमा रहेका होटलहरुको गुणस्तर सुधार गर्ने उद्देश्य सहित धादिङको मलेखुमा पाँच दिने तालिम सञ्चालन गरीएको छ । धादिङ उद्योग वाणिज्य संघ धादिङ र जिल्ला होटल संघ धादिङको संयुक्त आयोजनामा आजदेखी सुरु भएको तालिममा होटलको गुणस्तर सुधारको लागि अपनाउनु पर्ने प्रक्रियाको बारेमा जानकारी गराईने छ । केही होटलहरुको कारण जिल्लाका राम्रा होटलहरुको समेत बद्नाम हुँदै गएको होटेलवालहरुकै गुनासो रहेको छ । राजमार्गका होटलहरुको गुणस्तर प्रति पटक पटक प्रश्न चिन्ह उठीरहेको छ । यात्रुलाई ठगेको र होटलको गुणस्तर नभएको भन्दै समय समयमा होटल अनुगमन समेत गर्ने गरिएको छ । सो अवसरका धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले जिल्लाको पहिचान होटल क्षेत्रबाटै गर्न सकिने भएकोले होटलको गुणस्तर वृद्धि गर्न संचालकहरुलाई आग्रह गर्नुभएको थियो । तालिममा सूर्यकिरण श्रेष्ठ र रामकृष्ण पराजुली लगायतले सहभागी होटेलवालाहरुलाई सहजीकरण गर्नुहुने छ ।