वैदेशिक रोजगारीमा गएका दैनिक चार नेपालीको मृत्यु

370 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 Death-body-in-malasiyaकाठमाडौ । वैदेशिक रोजगारमा जानेमध्ये हरेक दिन चार नेपालीको शव त्रिभुवन विमानस्थलमा भित्रिने गरेका छन् । जेठमा मात्रै १२२ नेपालीले ज्यान गुमाएका छन् ।

जेठमा बढी गर्मी भएकै कारण खाडी र मलेसियामा धेरै नेपालीको मृत्यु भएको नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका प्रथम उपाध्यक्ष ज्ञानप्रसाद गैरेले बताए ।

उनका अनुसार सडक दुर्घट्नामा ज्यान गुमाउनेको संख्या पनि संख्या पनि अधिक छ । नेपाल र विदेशको लेन ब्यवस्था फरक हुँदा अल्मलिएर दुर्घटना हुने गरेको उनले बताए ।

मृतकको यो संख्या वैधानिक ढंगबाट विदेशिनेको मात्रै हो । अबैध ढंगबाट बाहिरिने अरु थुप्रै नेपाली यसैगरी मृत्यु भएको हुन सक्ने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको अनुमान छ ।

वैधानिक रुपले विदेशिएर मृत्यु हुने कामदारलाई बोर्डले जनही तीन लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्ने गरेको कारोबार दैनिकमा खबर छ ।

मृत्यु हुनेको संख्या सबैभन्दा बढी मलेसियामा छ । त्यसपछि साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, बहराइन पर्छन् ।

सम्बन्धित मुलुकका भाषा, संस्कृति, वातावरण र ट्राफिक नियमको तालिम दिन अभिमुखीकरण तालिम अत्यावश्यक गरिए पनि झारा टार्ने काम हुँदा ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको जानकारहरु बताउँछन् ।