भूकम्पले जोखिम बस्तीलाई १५ दिनमा सार्ने सरकारको निर्णय ।।

568 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0722काठमाण्डौं–सरकारले भूकम्पपछि जोखिममा परेका बस्ती १५ दिन भित्र सार्ने निर्णय गरेको छ । सोमवार  बिहान बसेको मन्त्रिपरिषद बैठकले जोखिमयुक्त बस्तीलाई १५ दिनभित्र सुरक्षित स्थानमा सार्ने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको भूकम्प प्रभावित १८ जिल्लाका ३० स्थानमा बस्ती स्थानान्तरणको काम गर्ने जिम्मेवारी तोकेको सहरी विकास मन्त्री डा. नारायण खड्काले जानकारी दिनुभयो । बस्ती सार्नका लागि गृहमन्त्री बामदेव गौतम संयोजक तथा स्थानीय विकास र शहरी विकास मन्त्री सदस्य रहने गरी ३ सदस्यीय समिति बनाइएको छ । यसअघि हिजो बसेको मन्त्रिपरिषद बैठकले गृह, स्थानीय विकास र शहरी विकास मन्त्रालयलाई जतिसक्दो छिटो जोखिमयुक्त बस्ती सार्ने जिम्मा दिएको थियो ।
बैशाखमा गएको भूकम्पका कारण झण्डै साढे १३ हजार घरधुरी अति जोखिममा छन् । शहरी बिकास मन्त्रालयले भूकम्पबाट अति प्रभावित १८ जिल्लाका बस्ती जोखिमयुक्तको सूचीमा राखी सार्नैपर्ने निष्कर्ष निकालेको छ । खानी तथा भूगर्भ विभाग र बिज्ञसहितको टोलीले ती क्षेत्रलाई जोखिपूर्ण भन्दै बस्ती स्थानान्तरण गर्न सरकारलाई सुझाव दिएको थियो । त्यही प्रस्ताव आजको मन्त्रिपरिषदले पारित गरेको हो ।