खाजा कटाएर आफू पढेको विद्यालयमा सहयोग

471 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ –  जर्मनका विद्यार्थीले खाजा कटाएर बाँकी रहेको रकम धादिङको नीलकण्ठ नगरपालिकामा रहेको इजारा निमाविलाई आज हस्तान्तरण गरिएको छ ।

    IMG_7015 जर्मन स्थित बर्लिन मेट्रो पोलिटियन स्कूलका विद्यार्थीहरुले हरेक दिन खाजा खाँन ल्याएको रकम सहयोग बाकसमा जम्मा पारेको ९७ युरो (करिब रु १० हजार) नेपाल पठाएपछि सहयोग रकम प्राप्त भएको हो ।

     सानोमा आफैँ पढेको विद्यालय भुकम्पले क्षतिग्सत भएपछि मानस रुपाखेतीको नेतृत्वमा संकलन गरिएको सो रकम कोसोक नेपाल नाकम गैर सरकारी संस्थाले एक कार्यक्रम गरि इजारा निमाविलाई हस्तान्तरण गरेको छ । कोसोक नेपालको तर्फबाट कार्यबहाक अध्यक्ष सीताराम अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर थापालाई रकम हस्तान्तरण गरिएको हो ।

     रकम बुझेपछि व्यवस्थापन समितिका अध्यक्ष थापाले समस्यामा परेको बेला विद्यालयमा प्राप्त रकमले ठूलो राहत महसुस भएको बताउनुभयो ।

     भुकम्पले २ कोठा बाहेकको सम्पूर्ण भवन ध्वस्त भएकोले इजारा निमाविका त्रिपालमा राखेर विद्यार्थीहरुको पढाइ भइरहेको छ भने आर्थिक अभावले गर्दा उधारोमा सामान ल्याएर अस्थाइ कक्षा कोठा बनाउँदै गरेका विद्यालयका प्रधानाध्यापक शान्ति श्रेष्ठले बताउनुभयो ।