भुकम्पबाट धादिङमा ६९ अर्वको क्षति

586 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

lapa-1-620x330धादिङ: गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछि लगातार आइरहेको शक्तिशाली पराकम्पनका कारण धादिङमा मात्रै ६९ अर्व भन्दा बढीको क्षति भएको जिल्ला दैवि प्रकोप उद्धार समितिले जनाएको छ।
भुकम्प परि धादिङमा ६ सय ७६ जनाले ज्यान गुमाएका छन भने त्यसमध्ये १ सय ९८ जना १८ वर्षभन्दा मुनिका बालबालिका रहेका छन।
त्यसैगरि १ हजार ३ सय ९३ जना जना घाइते भएका छन। अझै पनि गम्भीर प्रकृतिका सय भन्दा बढी घाइतेहरुको चितवन र पोखराका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।
भुकम्प कारण जिल्लाका ८८ हजार ५ सय ४१ घरधुरीमा क्षति पुगको छ। ती मध्ये ८१ हजार ३ सय १३ घर पुर्ण रुपमा ध्वस्त भएका छन।
३ हजार ९४ घरधुरीमा आंशिक क्षति पुगेको छ भने ४ हजार १ सय ३४ घरमा सामान्य क्षति भएको छ।
त्यसैगरि ३७ हजार ३ सय ६९ वटा गोठहरुमा क्षति पुगेको छ।
जिल्ला दैवि प्रकोप उद्धार समितिले मुल्याङकन तथा निरिक्षण गर्न खटाएको प्राविधिकहरुको टोलीले संकलन गरेको तथ्याङकका आधारमा अनुमानित ३९ अर्व ८१ करोड २७ लाख १७ हजार रुपैया बराबरको घरगोठहरु क्षति भएको छ।
त्यसैगरि गाइ भैसी भेडा बाखा र कुखुरा र सुङगुबङगुर गरि २२ हजार २ सय ९२ पशुचौपायको मृत्यु भएको छ जुन चलनचल्तीको भाउ अनुसार अनुमानित ७ अर्व ४२ करोड, २७ लाख ४३ हजार रुपैया बराबरको हुन आउँछ।
त्यसैगरि भुकम्पमा परेर क्षति भएका घरहरुमा १ लाख १९ हजार ९ सय कुइन्टल खाद्यान्न पुरिएका छन।
जसलाइ जिल्ला दैवि प्रकोप उद्धार समितिले नगदमा २१ अर्व ७१ करोड १० लाख ६७ हजार क्षति भएको अनुमान गरको छ।
भूकम्पले गर्दा उत्तरी धादिङको विकट बस्तीहरुमा बढि क्षति पुगको छ। सडक सन्जालले पनि नछोएको उत्तरी धादिङका ५ गाउ विकास समितिहरुमा मात्रै १ सय ६३ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख डिएसपी प्रकाश मल्लले भने, ‘विकट क्षेत्र रहेको र भुकम्प पश्चात तत्काल उद्धार गर्न नसकिएकाले पनि बढी मानविय क्षति भएको हो।’
भुकम्पले गर्दा उत्तरी क्षेत्रका धेरैजसो बस्तीहरुमा पहिरोको जोखिम बढेको छ। डाँडा तथा पहरा मुनी रहेका अधिँकाश बस्तीहरु त विस्थापित नै भएका छन।
 जिल्लामा गठित सभाषदहरुको पुनस्थापना सिफारिस समितिले पनि उत्तरी क्षेत्रका ४७ गाउँलाइ असुरक्षित ठहर गरेर जिल्ला दैवि प्रकोप उद्धार समिति समक्ष पुनस्थापना गर्नको लागि सिफारिस गरिसकेको छ।
उत्तरी धादिङका ७ सय ५० भन्दा बढी घरधुरीका परिवारहरु गाउँमा बस्नै नसक्ने भएपछि विस्थापित भएर अहिले सदरमुकाम आसपासका सार्वजनिक तथा तथा ब्यक्तिको जग्गामा त्रिपाल टाँगेर बस्दै आएका छन।
भुकम्प पछि घरधुरी बढयो
गत वैशाख १२ र २९ गते आएको विनाशकारी भुकम्प पछि क्षतिको विवरण संकलन गर्दा धादिङमा अस्वभाविक रुपमा घरधुरी बढेको पाइएको छ।
२०६८ सालको जनगणना अनुसार धादिङमा ७३ हजार ८ सय ४२ घरधुरी रहेकोमा भुकम्प पछि क्षति विवरण संकलन गर्दा १४ हजार ६ सय ९९ घरधुरी बढेर ८८ हजार ५ सय ४१ पुगेको छ।
जिल्ला विकास समिति धादिङका सूचना अधिकृत भोला गौतमले भने, ‘२०६८ सालपछि ३ हजार घरधुरी जति बढेको हाम्रो अनुमान थियो तर भुकम्प गएपछि पाइने सरकारी राहतको लोभमा एकैघरका मानिसहरु पनि छुट्टिएर बसेको तथ्याङक टिपाएकाले घरधुरी ६८ सालको तत्थाङकको २० प्रतिशतले बढेको हो।’
२०६८ सालको जनगणनामा केही हजार घर छुटेको हुनसक्ने भएपनि र जिल्लाको विकास सुचकाङक अनुसार ३ देखि ५ हजार मात्रै बढेको हुनुपर्नेमा अस्वभाविक रुपमा साढेँ १४ हजार घरधुरी बढेको गौतमले बताए।
जिल्ला दैवि प्रकोप उद्धार समितिको तथ्याङक अनुसार लापा गाउँ विकास समितिमा ६० प्रतिशत घरधुरी बढको छ।
२०६८ सालको जनगणनामा लापामा ८ सय ५३ घरधुरी रहेको थियो भने भुकम्प पछि १ हजार ३ सय ६८ घरधुरी पुगको छ। यता सेर्तुङ गाउँ विकास समितिमा भने २३ प्रतिशतले घरधुरी घटेको छ।
२०६८ सालको जनगणना अनुसार १५३० घरधुरी रहेको सेर्तुङमा भुकम्प पछि घटेर ११ सय ४२४ घरधुरी रहेको छ।
घरधुरी बढेपछि दास्रो चरणको राहत वितरण कार्यक्रम पनि प्रभावित भएको छ।
अहिलेसम्म जिल्लाभर दोस्रोचरणको राहत अन्तरगत जस्तापाता खरिद गर्नको लागि ३८ वटा गाउँ विकास समितिहरुमा ५७ करोड २६ लाख रुपैया वितरण गरिएको छ।
 ८ करोड ८४ लाख ६० हजार रुपैया मृतकका परिवारलाइ राहत तथा किरियाखर्चको लागि वितरण गरिएको छ।
त्यसैगरि अन्य जिल्लामा मृत्यु भएका धादिङका मृतक परिवारलाइ ३४ लाख रुपैया राहत वितरण गरिएको छ अन्नपूर्ण पोष्टमा खबर छ ।