ब्रुसवाङमा भुइस्याउ खेती

2635 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, – ब्रुसवाङमा जिल्लामै पहिलो पटक भुइस्याउ (ग्राउण्ड एप्पल) खेती सुरु गरिएको छ । गतवर्ष नमुनाका रुपमा प्रति परिवार २० वटा विरुवाका दरले भुइस्याउ लगाइएको थियो । उत्पादन राम्रो र खान मिठो भएपछि यसवर्ष पनि खेतीलाई निरन्तरता दिएको विष्णुबहादुर चेपाङले बताए ।

ground_apple-445x300“सधै जंगलबाट ल्याएका गिठ्ठा, भ्याकुर, तरुल, सिस्नु, टाँकीको मुन्टा, जंगली करकलो खाएका थियौं । भुईस्याउ त वारीमै फल्दो रहेछ । खान पनि मिठो खेती गर्नपनि सजिलो” विष्णुबहादुरले थपे, “अव हामी वर्षै पिच्छे विरुवा थपेर रौप्छौं । काठमाडौंका ठूला होटलमा खानासँगै खान्छन रे । हामी ब्रुसवाङ फलाएर काठमाडौंमा लगेर बेच्छौं अव ।”

मकै पाक्न ८ महिना लाग्ने ब्रुसवाङ गाँउ महाभारत लेकमा पर्दछ । जिल्लाकै महादेवस्थान गाविस वडा नं. ३ मा पर्ने ब्रुसवाङ २७ चेपाङ परिवार बस्दै आएका छन् ।
पहाडकको टुप्पो, चिसो हावा पानी पूर्व उत्तर फर्केको भौगालिक बनावट रहेको छ । रायो, मूला, लसुन र छ्यापी खेती राम्रो हुने टेक बहादुर चेपाङ बताए । टेकबहादुरले थपे, “अहिले वन केरा र भुइस्याउ खेतीपनि वारीमै लगाएका छौं ।”

भुइस्याउ खेती ब्रुसवाङको हावा पानीमा हुन्छ भन्ने सुनेपछि काठमाडौंको माछापोखरीबाट विरुवा ल्याएर लगाउन लगाएको र यस वर्ष पनि थप विरुवा दिएको शान्ती नेपालका इन्द्रमान शाक्यले बताए । “पाँच तारे होटलहरुमा सलादका रुपमा प्रयोग हुने सुनेको छु । के कति मूल्यमा बिक्री हुन्छ केही थाहा छैन । फागुनमा लगाएर कात्तिक मंसिरमा खन्न मिल्नेसम्म थाहा छ” शाक्यले भने कारोवार डेलि डट कममा खबर छ ।