धादिङ समितिको रक्तदानमा १०६ युनिट सङ्कलन

433 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोखरा – धादिङ–पोखरा सम्पर्क समितिको १२औं खुल्ला रक्तदान कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा १०६ युनिट रगत संकलन भएको छ । धादिङ निवासी राजन इटनीलाई पहिलो व्लड व्याग हस्तान्तरण गर्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले कार्यक्रमको उद्घाटन गरेका थिए । त्यस अवसरमा बोल्दै प्रमुख अतिथि थपलियाले धादिङ समितिले पोखराको सामाजिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै धादिङ समिति पोखराका नमूना संस्थाहरु मध्येमा पर्ने उल्लेख गरे ।
raktdaanधादिङ समिति पोखरामा अन्य सम्पर्क समिति भन्दा ठूलो र सामाजिक क्षेत्रमा समेत अग्रणी भूमिका निर्वाह गरेको संस्था हो’–उनले भने । धादिङ समितिले गरेको गतिविधिको चर्चा आफूले विगतका दिनमा पनि थाहा पाएको भन्दै समितिलाई अझ गतिशिल संस्थाको रुपमा विकास गर्नका लागि आवश्यक परेमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा अन्तर समाज महासंघका राष्ट्रिय अध्यक्ष दीपेन्द्र राइले धादिङ समिति पोखरामा स्थापित सबै सम्पर्क समाजको अभिभावक र अग्रणी भएको भन्दै धादिङ समितिको कार्यबाट सबैले प्रेरणा लिनुपर्ने बताए । धादिङ समितिका अध्यक्ष झम्कबहादुर सारु मगरले समितिको हरेक गतिविधिमा समितिका सदस्यहरु को महत्वपूर्ण भूमिका रहेकै कारण समितिको गरिमा उच्च रहेको बताए । कार्यक्रममा स्वागत एवं कर्यक्रम समापन गर्दै समितिका वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्सालले सबैको सामूहिक प्रयासलेमात्र समितिको गरिमा यो स्थानमा आउन सफल भएकाले समितिको प्रतिष्ठामा आँच आउने कुनैपनि गतिविधि हुन नदिने बताए । समितिका सल्लाहकार परिषद संयोजक एवं पूर्व अध्यक्ष रुद्र प्रसाद खनालले समितिले आयोजना गरेको रक्तदान कार्यक्रम कास्कीमै महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता रचनात्मक कार्यलाई सदैव निरन्तरता दिनुपर्ने बताए । कार्यक्रम संयोजक एवं समितिका उपाध्यक्ष दिपेन्द्र थपलियाले कार्यक्रमको औचित्य बारे प्रकाश पारेका थिए । समितिका अध्यक्ष झम्कबहादुर सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सुदर्शन बसौलाले कार्यक्रम संचालन गरेका थिए ।