औपचारिक समारोह गरेर मात्र बाताबरणमा सुधार आउँदैन

710 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

En-Day-2धादिङ,२२ जेठ (  धादिङ न्युज )।  कुनै औपचारिक समारोह गरेर मात्र विग्रदो वातावरणमा सुधार नआउने धादिङको नीलकण्ठ गाउँ विकास समितिमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । विश्व वातावरण दिवसको अवसरमा आज धादिङको नीलकण्ठ गाउँ विकास समिति वडा नम्बर ६ पाँचधारेमा आयोजित वृक्षरोपण कार्यक्रमका सहभागिहरुले एकदिन नाममात्रको दिवस मनाउने भन्दा सँधैभरी वातावरण जोगाउन लाग्नु पर्ने बताएका हुन् । कतिले धेरै खाना खाएर नोक्सानी व्यहोरेका छन् त कतिले खान नपाएर भोकभोकै मर्नुपर्ने अवस्था छ, अनि कतिले खानेकुरा खेर फालेका छन् । जुनसुकै तरिकाबाट भएपनि हाम्रो वातावरणमा नकारात्मक प्रभाव पारेको कुरा उनीहरुले बताएका छन् । राम्रो वातावरण र स्वस्थ खाना विना मानिसको जीवन सहज छैन । कार्यक्रमका सहभागीहरुले यस्तै भारणा राखेका छन् । सोचेर खाऔं, खाना खेर नफालौं–वातावरण जोगाऔं नारा सहित आयोजना गरिएको कार्यक्रममा स्थानीय जागृति फोकस शान्ति समूह पाँचधारेको आयोजना र जिल्ला विकास समिति धादिङ, जिल्ला भू–संरक्षण कार्यालय धादिङ, जिल्ला वन कार्यालय धादिङ, जिल्ला उर्जा तथा वातावरण शाखा धादिङ, महिला तथा बालबालिका कार्यालय धादिङ र श्रोत पहिचान तथा व्यवस्थापन समाज रिम्स–नेपालको सहयोग रहेको थियो । कार्यक्रम समूहका सदस्य मिट्ठु बोहराको अध्यक्षतामा भएको थियो । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय धादिङका प्रमुख भूला भण्डारी, जिल्ला वन कार्यालय धादिङका प्रमुख गणेश झा, जिल्ला भू–संरक्षण कार्यालय धादिङका प्रमुख राजु सापकोटा, रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, श्रोत पहिचान तथा व्यवस्थापन समाज रिम्स–नेपालका कार्यक्रम संयोजक रामराजा शाही जागृति फोकस शान्ति समूह पाँचधारेका अध्यक्ष भक्तकुमारी भण्डारी, सदस्य नविना भण्डारी लगायतले विश्व वातावरण दिवसको सान्दर्भिकता र गर्नु पर्ने कामहरुका बारेमा धारणा राख्नु भएको थियो ।वृक्ष रोपणमा निम, बकाईनो, कल्कि, गुलमोहर, लप्सी लगायतका दुईसय विरुवा रोपिएको छ ।