साझा प्रकाशनमा नेताहरु, रमेश लेखक अध्यक्ष

2015 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौ, – सरकारले साझा प्रकाशनको सञ्चालक समिति अध्यक्षमा संविधानसभाका सभासद् एवं कांग्रेस नेता रमेश लेखकलाई मनोनयन गरेको छ । शिक्षा मन्त्रालयले उनलाई शुक्रबार मनोनयन गरेको हो ।

ramesh-lekhak_20150710042300लेखकसँगै दुई पूर्व शिक्षामन्त्रीहरु प्रदीप नेपाल र दिनानाथ शर्मालाई सदस्य मनोनित गरिएको छ । नेपाल एमाले र शर्मा एमाओवादी नेता हुन् । शर्मा एमाअाेवादीका प्रवक्ता समेत हुन् । साझाका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पनि सञ्चालक समिति सदस्य मनोनयन गरिएको छ । सञ्चालक समितिको समयावधि तीन वर्ष तोकिएको छ ।

यसअघिकी अध्यक्ष ममता झाका पालामा साझामा निकै ठूलो विवाद भएको थियो । यसपालि भने सरकारले सभासद्लाई नै अध्यक्ष बनाएकाे छ । सञ्चालक समितिमा पनि पार्टिका प्रभावशाली नेताहरुलाई पठाइएकाे छ । नेताहरु मनाेनित भइरहेका बेला साझा भने किताब पनि छाप्न नसक्ने अवस्थामा छ ।