नेपाल र नामिबियाले अंक बाँडे, नेपाल समूह ए को शीर्ष स्थानमा

680 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

paras-and-sompal-in-iplकाठमाडौं । पानी परेका कारण खेल रद्द भएपछि टी–२० विश्वकप क्रिकेटको छनौट खेलमा नेपाल र नामिबियाले अँक बाँडेका छन् । खेल शुरु नहुँदै पानी परेर ढिलो शुरु भएको खेल बारम्बार वर्षाले अवरोध पु¥याएपछि रद्द गरिएको हो । नेपाल र नामिबियाले एक(एक बाँडेका छन् । नेपाल दुई खेलबाट ३ अंकका साथ समूह एको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले शुक्रबार अमेरिकालाई हराएर दुई अंक बटुलेको थियो ।

shaktiनेपालले टस जितेर फिल्डिङ रोजेपनि पानी परेपछि खेल शुरु हुन सकेन । केही समयपछि पानी थामिएपछि नामिबियाले आक्रामक ब्याटिङ गरेर ७ ओभरमा ५४ रन बनायो । पुनः पानी परेपछि खेल अबरुद्ध बन्यो । नेपालका लागि पारस खडकाले एक विकेट लिए भने अन्य बलरहरुले विकेट लिन सकेनन्  । पानीले खेल रोकिएपछि डीएल मेथडका आधारमा खेललाई १७ ओभरमा झारियो । फेरी पानी रोकिएपछि नामिबियाले थप चार बल खेलेर ६१ रन बनाए । तर पुनः पानी परेपछि खेल रद्द गरियो । नामिबियाको लागि २६ बल खेलेको व्याट्सम्यान स्टेफेन बार्डले अविजित ३९ रन बनाए ।