मुक्तिनाथ विकास बैंकले किन्यो सिभिक डेभलपमेण्ट बैंक, एकिकृत कारोबार बुधबारदेखि सुरु

767 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोखरामा रहेको मुक्तिनाथ विकास बैंकले सिभिक डेभलपमेण्ट बैंकलाई खरिद गरेपछि आफ्नो एकिकृत कारोबार सुरु गरेको छ ।

 635725625336718750

२०६३ साल पौष १९ गते देखि कारोवार सञ्चालन गरेको मुक्तिनाथ विकास बैंक लिमिटेडले धादिङ्गमा केन्द्रीय कार्यालय रहेको सिभिक डेभलपमेन्ट बैंक लिमिटेड लाई एक्विजीशन गरेर राष्ट्रीय स्तरको विकास बैंकको रुपमा कारोवार शुरु गरेको हो ।  एक्विजीशन पछि बैंकको प्राथमिक पूंजी ९७ करोड र चुक्ता पूंजी ६४ करोड २५ हजार रहेको पुगेको छ । कुल निक्षेप ७ अर्ब ६५ करोड तथा कुल कर्जा लगानी ६ अर्ब ६५ करोड रहेको बैंकले एक्विजीशन पछि ४८ शाखाबाट सेवा प्रदान गर्ने जनाएको छ ।