जिल्ला दैवि प्रकोप उद्धार समिति, धादिङको पुर्नस्थापना सम्बन्धी सुचना

982 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महा भुकम्पका कारण धादिड. जिल्लाका देहाय बमोमिका विभिन्न जोखिमपुर्ण स्थानहरुमा बसोवास गरिरहेका भुकम्प पितिहरुलाई जिल्ला दैवि प्रकोप उद्धार समितिको निर्णय अनुसार तपसिलका स्थानहरुमा पुनस्थापित गर्ने योजना रहेकोले ती जोखिमपुर्ण स्थानहरुमा बसोवास गरिरहनुभएका भुकम्प पिडितरुलाई निम्न स्थानहरुमा आई अस्थाई रुपमा बसोवास गर्न अनुरोध गरिन्छ । ती स्थानहरुमा वसोवास गर्दा तीन महिनाका लागि अस्थाई बसोवासको ब्यवस्था जिल्ला दैवि प्रकोप उद्धार समिति धादिडले मिलाउने समेत जानकारी गराईन्छ ।

१) री ५ रिचेत, काम्राड, री ९ कन्द्राड., कराड. र चेप्राडका पिडितहरुलाई निलकण्ठ नगरपालिका वडा नं. १२ स्थित निजी जग्गा ।

२) री ७, ताजिम्राडका पिडितलाई ससादेउराली मा.वि.पछाडी निजि जग्गा

३) री ९ किचेत गाउ पिडितलाई नीलकण्ठ न.पा. १२ को आँपस्वारा भन्ने ठाउको पर्ति जग्गा

४) लापा १, ३, ६ र ७ कपुरगाउ, झाक्रीटोल, लामाटोल, कुप्चेत, रिचेत, नेवेरको आधाबस्ती, तायुङ र भ्रमताङ काम पारी सांकोष कुमालगाउँ निजी जग्गामा

५) लापा २ छुम्राङ, चपाङचेत, तिङचेत, तेन्चेत, कप्चेत पिडितहरुलाइ सांकोष गा.वि.स को धन्सार पाखा निजी जग्गामा

६) लापा ३ नेवेरको आधा वस्तीका पिडितहरुलाइ नीलकण्ठ न.पा. १२ को आँपस्वारा भन्ने ठाउको पर्ति जग्गा

७) लापा २ चपाङचेत र छुम्राङ, लापा २ कच्चेत र तेन्चेतको आधा वस्ती, तिप्लिङ १, ८ सिम्पले, कामी गाउँ र दुर्पाङ, सेर्तुङ ९, हिन्दुङ, सेर्तुङ ८ खर्चगाउँ, झार्लाङ ८ क्युङ, थली, कान्द्राङ, गोरगाङ, च्यामथली, छापचेतका पिडितहरुलाइ नलाङ गा.वि.स. को डुम्रेखोला

८) दार्खा ८ धार्ना, सत्यदेवी ४ माउर, ब्रादी, थम्बु, सत्यदेवी ७ माथिल्लो नम्सारी, छुसा, सिन्जागाङ, सत्यदेवी ५ नयसिंह, सत्यदेवी ६ तल्लो नम्सारी, तल्लो मम्मई, वर्दान, गुम्दी ५ अम्मोटेका जोखिमपुर्ण वस्तिहरुलाई दार्खा र सत्यदेवी गा.वि.सको दारमे डाँडा र गौरे डाँडा

९. फुलखर्क ९ मजुवा बेसी, बसेरी १ दलितबस्ती, बसेरी २ ठूलो मंसिरे, बसेरी ७ राईगाउँका पिडितहरुलाइ बसेरी गा.वि.स.को गाईखर्क चौर

१०. मार्पाक ३ लामिडाँडा, पोल्चेत, वल्लोथला, बेसीटोल, मार्पाक ४ अर्चले, मार्पाक ७ केराबारी, बोराङका पिडितहरुलाइ त्रिपुरेस्वर, अचानेटार पुछार डाँडागाउँ

११. गोगनपानी तिनघरे गाउँका पिडितहरुलाइ गोगनपानी गा वि स वडा नं. ५ को रातमाटे डाडा

१२. जोगीमारा भर्पाङका पिडितहरुलाइ जोगिमारा गा.वि.स.को मझिमटारको कृषी चुन उद्योग बसेको खाली जग्गा

जिल्ला दैवि प्रकोप उद्धार समिति, धादिङ