बरिष्ठ साहित्यकार डिल्लीरमण शर्मा अर्यालको सोमबार निधन

661 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Dilliraman Sharmaधादिङ, -धादिङ जिल्लामा जन्मिएर नेपाली भाषा साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउंदै आउनु भएका बरिष्ठ साहित्यकार डिल्लीरमण शर्मा अर्यालको   सोमबार  निधन भएको छ । केही बर्ष देखि दम लगायतका रोगवाट थलिनुभएका साहित्यकार अर्यालको  सोमवार धादिङबेसी सिरानवजार जहरेवर स्थित आफ्नै निवासमा निधन भएको हो ।

वि.सं. १९८८ सालमा धादिङको नलाङमा जन्मिनुभएका  अर्यालका भाषा, साहित्य, छन्द र खोजमुलक विषयमा २५ वटा कृत्ति प्रकाशित भइसकेका छन् । अर्याल धादिङ साहित्य समाजका संस्थापक एवम् वर्तमान अध्यक्ष समेत हुनुहुन्थ्यो । स्वर्गिय अर्यालका २ श्रीमती ,२ छोरा र ७ छोरीहरु रहेका छन् ।लामो समय सम्म शिक्षण पेशामा आवद्ध रहनु भएका उहांलाई जिल्लावासीले गुरु उपमा दिएका थिए ।