डल्टार भल्टार कुलो निर्माण सम्पन्न

1819 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0868भल्टार (धादिङ),-एशियाली विकास बैकले बिचैमा सहयोग रोकेपछि चार बर्ष सम्म अलपत्र वन्न पुगेको डल्टार भल्टार सिंचाई योजना निर्माण शुरु गरेको दश वर्ष पछि सम्पन्न भएको छ ।
बैकले समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र आयोजना कार्यक्रम मार्फत धादिङको बैरेनी गाविस वडा नम्बर ८ डल्टार भल्टार फोस्टार लगायतका क्षेत्रको १ सय ८७ हेक्टर जमिन सिंचाईका लागि २०६३ सालमा डल्टार भल्टार कुलो निर्माण शुरु गरेको थियो ।
DSC_0871करिव १० किलो मिटर लामो कुलोको निर्माण बिचैमै रोकेर एडिवि वाहिरिएपछि चार बर्ष सम्म अधुरो बन्न पुगेको सिंचाई कुलो नेपाल सरकारको मझौला सिंचाई कार्यक्रम मार्फत हालै मात्र सम्पन्न भएको हो ।
खेस्टेखोलावाट १० किलोमिटर टाढा डल्टार सम्म पानी ल्याउने कुलो वनाएपछि स्थानीयवासी यति बेला रोपाईमा व्यस्त हुन थालेका छन । एडिवि,नेपाल सरकार, समुदाय र जनश्रमदान समेत गरी २०७२ असार मसान्त सम्ममा कुल २ करोड ७१ लाख ५० हजार खर्च भएपछि कुलोको निर्माण सम्पन्न भई वस्तिसम्म पानी आईपुगेको उपभोक्ता समितिका सचिव साम्मराज खतिवडाले जानकारी दिनु भयो ।
कुलोको निर्माणबाट यहांका १ सय ८० घरधुरीको १ सय ८७ हेक्टर जमिन सिचिंत भई लाभान्वित भएका छन । योजनाको कार्यान्वयनमा सहयोग गर्दै आईरहेको डिभिजन सिंचाई कार्यालय तथा मध्यमाञ्चल क्षेत्रीय सिंचाई निर्देशनालयको टोलीले सोमबार गाउंमै पुगेर कुलोको अनुगमन गरेको थियो । अनुगमन टोलीमा क्षेत्रीय निर्देशक राजेन्द्रप्रसाद अधिकारी, डिभिजन प्रमुख राजेन्द्र महतोका साथै इन्जिनियरहरु इजि जिसि र रामपुकार साहको सहभागिता रहेको थियो ।