त्रिपुरेश्वरमा जस्ता पाता र किलाकाँटी वितरण

576 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-भुकम्पले ध्वस्त भएका त्रिपुरेश्वर गाविसका घरधनीहरुलाई जस्ता पाता, किला काँटी र घरबनाउने सामाग्रीहरु वितरण गरिएको छ ।
jastaaअक्सफाम नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा कोसोक नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापन समन्वयमा जस्तापाता वितरण गरिएको हो ।
त्रिपुरैशवसर गाविसमा ध्वस्ता भएका सबै घरधनीहरुलाई जस्तापाता र नगद वितरण गर्ने लक्ष अनुसार पहिलो चरणमा अस्थाइ आवासका लागि हरेक घरलाई २ बण्डलका दरले २६ गेजको जस्ता वितरण गरिएको कोसोक नेपालका सीताराम अधिकारीले जानकारी दिनुभयो ।
दुई वण्डल जस्ता लिनेको संख्या ४ सय ६० परिवार रहेको छ । आफैँले जस्ता खरिद गरि अस्थाइ आवास बनाइसकेका र जस्ता आवस्यक नपर्ने घरलाई उनिहरुकै मागको आधारमा नगद १० हजार वितरण गर्ने योजना रहेको छ । यसरी नगद लिन माग गर्नेको संख्या ५ सय १९ घर रहेको कोसोक नेपालले जानकारी दिएको छ । नगद माग गर्ने घरधुरीलाइै केही समयपछि प्रभु बैकमार्फत नगद उपलब्ध गराइने छ । सत्यदेबी गाविसमा पनि जस्तापाता र नगद वितरणको कार्य छिट्टै गरिने कोसोक नेपालले जानकारी गराएको छ