नेपाली महिला कामदार इजरायल पठाउने औपचारिक सहमति

2231 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

isarailकाठमाण्डौ-.नेपाली महिला कामदार लैजाने प्रक्रिया सुरु गर्न इजरायल सरकार सहमत भएको हो । श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको उपस्थितिमा इजरायल राजदृूत यारोन मेयर र रोजगार विभाग महानिर्देशक भरतराज सुवेदीले घरेलु कामदारको रुपमा नेपाली महिला कामदार लैजाने सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो । ५ वर्षदेखि नेपाली महिला कामदार इजरायल जानमा रोक लगाइएको थियो ।  सम्झौता अनुसार सरकार आफैंले इजरायल कामदार पठाउनेछ । दक्षिण कोरियामा जस्तै दुवै देशबीच सरकारी तह (जीटुजी मोडल) मा कामदार पठाइने सम्झौतामा उल्लेख छ । लिखित र मौखिक परीक्षा पास हुनुका साथै स्वाथ्य परीक्षणमा सफल भएकाहरुलाई मात्र इजरायल पठाइनेछ । पहिलो चरणमा ६० जना नेपाली महिला कामदार छनोट गरिनेछ । पाइलट प्रोजेक्ट अन्तरगत ३ सय नेपाली महिला न्यूनतम लागतमा इजरायल जाने श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले धादिङ न्यूजलाई जानकरी दिनुभयो ।