धादिङलाई चिन सरकारको बस्तुगत सहयोग

1017 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२३  जेठ ( धादिङन्युज)।  आफ्ना भूभाग संग सिमाना जोडिएका नेपाली जिल्लाहरुका लागि  हरेक बर्ष विभिन्न किसिमका सहयोग दिंदै आईरहेको चिन सरकारले यस बर्ष पनि बस्तुगत सहायता अन्र्तगत ३० लाखका दरले तीन वटा जिल्लालाई विभिन्न सहयोग उपलव्ध गराएको छ ।
रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा बुधवार एक कार्यक्रमको आयोजना गरी चिनिया प्रतिनिधि मण्डलले नेपालको धादिङ, रसुवा र गोरखा जिल्लाका लागि ३० लाखका दरले बस्तुगत सहयोग हस्तान्तरण गरेको हो ।  केरुङ नाका अन्र्तगत पर्ने धादिङ, गोरखा र रसुवा गरी तीन जिल्ला सरकारी अधिकारीहरुसंग चिन सरकारले उपलव्ध गराउने बस्तुगत सहायताका बिषयमा गएको चैत १३ र १४ गते चीनको गिलोङ जिल्लाको केरुङमा  चिनिया सरकारी अधिकारी र नेपालका तर्फबाट सम्झौता गरेको थियो ।
केरुङमा सम्पन्न भएको दुईदेशका अधिकारीहरुका बिचको छलफलबाट माग भए अनुसार नेपालका तीनवटै जिल्लाका लागि यस बर्ष ३०÷३० लाखका दरले बस्तुगत सहायता उपलव्ध गराएको हो । बस्तुगत सहायता अन्र्तगत धादिङको लागि २३ वटा डेस्कटप कम्प्युटर,२ वटा ल्यापटप,७ वटा प्रिन्टर,एक सय २५ थान सोलारपाता, २० केजीका दरले तीन सय चौध केजी चामल र ६ सय ६८ पाता जस्तापाता प्राप्त गरेको जिल्ला विकास समिति धादिङका अधिकृत हरीपाटा मगरले वताए ।  यसैगरी रसुवा र गोरखा जिल्लालाई पनि यसअघिको सम्झौताअनुसारका सामानहरु चिनिया टोलीले बुधवारनै उपलव्ध गराएको थियो ।
चिन सरकारले विगतका बर्षमा पनि चिनसंग सिमाना जोडिएका जिल्लाहरुका लागि बस्तुगत सहायता अन्र्तगत सहयोग दिंदै आईरहेको छ । चिन सरकारवाट उपल्व्ध हुने बस्तुगत सहायता अन्र्तगतका सामानहरु अति विपन्न तथा पिछडिएका समुदायको पहिचान गरी बितरण गरिने जिल्ला विकास समिति धादिङले जनाएको छ ।