ईपिएस भाषा परीक्षा आवेदन खुल्यो

605 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesकाठमाडौं– ईपएिस प्रणालीअन्तर्गत रोजगारीका लागि कोरिया जान चाहने नेपालीका लागि आगामी भदौ ७ देखि १८ गतेसम्म भाषा परीक्षा आवेदन खुला भएको छ ।
भाषा परीक्षाका लागि बिहान ९ बजेदेखि ४ वजेसम्म खुला गरिने बताइएको छ । साउन ३० गते विश्व भाषा क्याम्पस परिसरभित्र परामर्श समेत प्रदान गरिने बताइएको छ ।
आवेदन कर्ताले एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । कात्तिक २९ गते विश्व भाषा क्याम्पसमा परीक्षा हुने जनाइएको छ । परीक्षाको नतिजा पुस १५ गते सार्वजनिक गर्ने इपीएस कोरियाको शाखा कार्यालय ग्वार्को ललितपुरले जनाएको छ ।