भुकम्पको पराकम्पनको झड्कासँगै संघियता र प्रदेश सहितको संविधान

622 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Untitled-1 copyहरि प्रसाद खतिवडा,
धादिङ¨- जनताको बलिदान र चाहनालाई मध्यनजर गदै अहिले राजनितिमा ठुलो उथलपुथल हुदै आईरहेको देखिन्छ । त्यसको कारण हो भुकम्पको पराकम्पनको झड्का । यतिबेला पहिलाको जस्तै गरि राजनिति गर्ने राजनितिज्ञहरुले जनतालाई कताकता अल्मल्याउने त होइन भन्ने संका पनि बालुवामा पानी हाले झै उब्जेको छ । त्यो शंका पैदा हुनुमा ८ बर्षे इतिहासका पानामा मात्र सिमित भएका कुराहरुको उपज हो । त्यसैले नेपाल जस्तो गरीब मुलुकमा संघियता र प्रदेशका कुराले जनताको मनमा चुलबुल चुलबुल ल्याएको छ । सबैलाई मिलाएर लैजान ठुला भन्ने पाटीहरुले कता कता ध्यान नपुर्याएको जस्तो भान हुदै गईरहेको छ किनभने प्रदेश र प्रदेशको सिमांकनमा धेरै विवाद निस्किदै आइरहेको छ र चार दलियले आफ्नो स्वार्थ पुरा गरी अरुलाई वेवास्था गदै गयो भने फेरि संविधान सभा चुनावको माग गर्न जनता सडकमा आउछन् र जनताले विर्सेका छैनन् त्यो भुकम्पको पराकम्पनको झड्का त्यस्तै झड्का दिन सक्छन भन्ने हामी जनमानसको पटलमा खेलिरहेको छ । यति भन्दाभन्दै पनि यदि फेरि संविधान तुहियो भने यी चार दललाई जनताले पाखा लगाई नयाँ इतिहास बनाउन सक्छन् भन्ने जानकारी दोस्रो संविधान सभा चुनावले देखाएको हुदा सबै कुरामा ध्यान दिनु अपरिहार्य छ त्यसका साथै संसार परिवर्तन छ परिवर्तनका बाजाहरु धैरै गुञ्जिरहेका छन् त्यो बाजा बजाउने मानिसहरु कमै भेटिन्छन् ती मध्ये अहिले बटमलाइनमा शिर्ष नेताहरु छन् उनीहरुको क्षमता, सीपको विकास गर्न जनताहरु सुस्ताएका छन् र जिम्मेवारीपुर्वक लागेकाहरुको नाडी जाच गदै जनता आफ्नो कार्यमा तल्लिन हुदै विचार गरिरहेका छन् । त्यसैले सजग रही जनतालाई सत्कार गर्न जान्नु नेताहरुको बाठोपन पनि हुने छ र आफ्नो साँगगाठ, इमान र इज्जत बचाउन यो अन्तिम घडी हुनेछ ।
अहिले जनता मुर्ख छैनन् त्यसैले विभिन्न ठाउबाट प्रदेश र अखण्डको लडाई लडिरहेका छन् । त्यसैले यो एक प्रकारको झड्का हो नेताहरुलाई । अब पनि नेपालमा संविधान आएन भने देश युद्धमा फस्दै जाने डर त्रास छ । युद्ध आफैमा नराम्रो कुरा हो त्यसैले संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरु र सरकार एउटै सिक्का हुन् र सकारमा बस्नेहरुले ज्यान जोगाउनका निम्ति खुला ठाउमा आइ खुला दिलले सोच्नुका साथै राज्य र पुनसंरचनाका निम्ति अहिलेको भुकम्पको पराकम्पन सगै संविधान बनाउनु सबै राजनिति दलहरुको अपरिहार्य रहेको छ । अझै पनि सुस्ताउन थाले भने हाम्रा सभासदहरुलाई जनताले छोड्ने छैनन् भन्ने कुरा मेरो व्यक्तिगत बुझाईमा रहेको छ । जय नेपाल, जय संविधान………………धोकेबादै बादमा अडिएको हाम्रो देश नेपाल । यस्तै भएर युवावर्गहरु बिदेशतिर पलायन हुने क्रम तिव्र हुन थालेको छ किनभने यस देशमा जति पढेपनि नोकरी पाइदैन र घुसैघुस खाएर भुस भरिदै गएको देशमा के विकास हुन्छ र भन्ने सोचमा परेका जनताहरुलाई बदल्न अब बल्ल नयाँ संविधानले सक्छ भन्ने कुरालाई भुकम्पको पराकम्पनको झड्का सँगै सयौ वर्षसम्मलाई पुग्ने संविधानको झड्का जनतामा दिन सक्ने क्षमता देखाउन सके यो संविधान सभाको चुनावको औचित्य रहन्छ भन्ने कुरा हामी जनमानसमा पसाउनुपर्छ ।
अर्को महत्वपुर्ण कुरा के हो भने जनतालाई नयाँ रोजगारी सहित नयाँ विकासका काममा लाग्ने बाटो खुला गदै लगानीकर्ताहरुलाई हौसला बढाउदै कहिले पनि, कसैले पनि नेपाल बन्द गर्न नपाउने कडा भन्दा कडा कानुन बनाई लागु गर्न सरकारको महत्वपूर्ण उपलब्धि हुने छ मलाई विश्वास छ यसरी नै भुकम्पको पराकम्पनको झड्कासँगै संघियता र प्रदेश सहितको संविधान नेपालको अन्तिम संविधान हुनेछ र बन्ने पनि छ । जय नेपाल, जय संविधान ।