सिसडोल ल्याण्डफिल्ड साइडमा संसदिय सुनुवाई-व्यवस्थित नगरे एक महिना पछि फोहोर खन्याउन बन्द

650 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11903498_10205833815336983_109284762_n

धादिङ -दश वर्षदेखी राजधानीको फोहोर विसर्जन गर्ने एक मात्र ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइड व्यवस्थित नभएको र सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलनको तयारीमा रहेका स्थानीयले एक महिना भित्र समस्या समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
विहिबार स्थलगत निरिक्षण गर्न पुगेको संसदको सुसाशन उप समितिका करिव डेढ दर्जन सभासद समक्ष्य आफ्नो समस्या बताउँदै ओखरपौवा गाविसका पुर्व अध्यक्ष जीतबहादुर बलामीले अवको एक महिना भित्र सुरुको सम्झौता कार्यान्वयन नभए आन्दोलनको विकल्प नभएको बताए । दुई वर्षको लागी भनेर सुरु गरिएको अस्थाई ल्याण्डफिल्ड साइड १० वर्षसम्म एकै ठाउँमा चलाइयो बलामी भन्छन् राज्यलाई समस्या परेको होला भनेर अहिले सम्म सहेका थियौं अव फाल्न दिन्नौं । वैज्ञानिक व्यवस्थापन गर्ने भन्दै डम्पिङ साइड बनाएर विगतका सम्झौता लत्याइएको उनको आरोप छ ।
ल्याण्डफिल्ड भनेर डम्पिङ साइड बनाउँदा दुर्गन्ध फैलिएको छत्रेदेउरालीका मनोज तामाङ बताउँछन् । आज नेताहरु निरिक्षण गर्न आउने खबर पाएपछि हिजैदेखी दुर्गन्ध कम हुने औषधी छर्किएको थियो, तामाङ भन्छन् स्थानीयको स्वास्थ्यसंग पुरै खेलबाड गरेर जगाउने काम महानगरपालिकाका कर्मचारीले गरेका छन् । खोला किनारमा फोहोर फालिएको छ संगै जोडिएको धादिङको भू–भाग अधिग्रहण गरिएको छैन तामाङ भन्छन् फोहोरमै राजनीति गरेर हामीलाई विभेद गर्ने काम भएको छ । फोहोर फालिने स्थानको वरपर जग्गा अधिग्रहण गरेर वस्ति विस्थापित गर्न स्थानीयले माग गरेका छन् । हामी दुर्गन्ध सुँगेर बस्न बाध्य छौं छत्रेदेउरालीका रामेश्वर सिंखडा भन्छन् हामीलाई विकास निर्माणबाट समेत बञ्चित गराइयो । फोहोरको थुप्रोबाट निरन्तर बग्ने विषाक्त लेदो सिधै खोलामा मिसाइएको छ । प्रदुषित पानीमा जलचर बाँच्न सकेका छैनन् भने खेतीसमेत विगारेको नुवाकोट काँग्रेसका सभापती एवं सभासद जगदिरनरसिंह केसी बताउँछन् । ल्याण्डफिल्ड तलका फाँटहरुमा धान रोपेको दुई महिनामै मल नहाल्दा पनि लहलह भएर मौलाएको पाइन्छ, पछि फल्ने बेलामा भुस मात्रै हुने केसीले बताए । सुरुमा गरिएको ८ बुँदे सम्झौता कार्यान्वयन भए यस्ता समस्या आउँदैनथ्यो स्थानीय देवेन्द्र अधिकारी भन्छन् वैज्ञानिक तरिकाले व्यवस्थापन गरिने भनिएको थियो, एक घर एक रोजगारी, प्रभावित क्षेत्रका जग्गा अधिग्रहण लगायतका काम नभएको उनले गुनासो गरे ।
दुई वर्ष भित्र भौतिक पुर्वाधार तयार गरी स्थाई ल्याण्डफिल्ड बनाउने भनेर १७ सय २० रोपनी जग्गा अधिग्रहण गरेको १० वर्ष भयो तर अस्थाई साइडलाई नै स्थाई झैं प्रयोग गर्दा समस्या बल्झिरहेको छत्रेदेउरालीका उत्तम पाठक बताउँछन् । नुवाकोट र धादिङको बन्चरेमा स्थाई ल्याण्डफिल्ड बनाउन जग्गा अधिग्रहण गरिएको छ तर महानगरका कर्मचारी र स्थानीय केही व्यक्तिको व्यक्तिगत चाहनामा स्थाईलाई प्रयोगमा ल्याउन नदिँदा समस्या आएको पाठकले बताए । सुरुमा गरिएको समझौता कार्यान्वयन भए ५० वर्षको लागी समस्या समाधान हुने पाठकको बुझाई छ ।
पटक पटक आन्दोलन गर्दै आएका स्थानीयले वातावणर प्रभाव मुल्यांकन प्रतिवेदन गलत भएकाले पुनर्लेखन गर्न माग गरे । प्रभावित क्षेत्रका श्रीराम ढुंगाना भन्छन सिमाना जोडिएको जग्गामा प्रदुषण हुँदैन भनेर गलत प्रतिवेदन बनाइएको छ । वरपरका प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गरे समस्या समाधान हुने उनी बताउँछन् ।
स्थानीयको मागलाई नजिकबाट नियाल्दै आएका एमाले नेता एवं प्रभावित क्षेत्रका सभासद राजेन्द्र पाण्डेले स्थानीय माग जायज भएकाले अव यो छलफल दोहो¥याउन नपर्नेगरी सम्बन्धित निकायमा कुरा पु¥याउने प्रतिवद्धता गरे । विगतमा गरिएका सम्झौता कार्यान्वन गर्न र आसपासका क्षेत्रमा विकास निर्माणका काम गर्न आवश्यक छ पाण्डे भन्छन् समस्या सँधैका लागि समाधान गर्न अस्थाई डम्पिङलाई व्यवस्थित गरी चाँडो भन्दा चाँडो बन्चरेमा बनाउन लागिएको स्थाई ल्याण्डफिल्ड सुचारु गनु पर्छ । प्रभावित क्षेत्रका अर्का सभासद नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले ०६२ मा भएको सम्झौता ०७२ मा आयपुग्दा पनि समाधान नभएकोले जनताले गरेको आन्दोलन जायज भएको बताए । हामी पनि चुप लागेर बसेका छैनौं, फोहोरमा राजनीति नगरी सबैको साझा समस्याको रुपमा लैजाँदा चाँडो समाधान हुने केसी बताउँछन् । समस्या सामुहिक रुपमा समाधान गर्न प्रतिवेदन बुझाउने प्रतिबद्धता गर्दै केसीले भने समाधान नभए आन्दोलनको विकल्प छैन ।
संसदको सुसाशन उप समितिको संयोक अनिताकुमारी परियारको नेतृत्वमा सभासदहरु राजेन्द्र पाण्डे, अर्जुननरसिंह केसी, बहादुरसिं लामा, ध्यानगोविन्द रञ्जित, अम्बिका खवास, मोहनसिंह राठोर, उदय नेपाली श्रेष्ठ, चन्द्रेश्वर झा, जितु गौतम, सुशिला नेपाल लगायत करिव डेढ दर्जन सभासद ओखर पौवा ल्याण्डफिल्ड साइडको निरिक्षण गरेका थिए । उनीहरुले तत्काल स्थानीयको जायजमागका आधारमा सरकार र संसदलाई प्रतिवेदन पेश गर्ने बताएका छन् ।
फोटो ः ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइड निरिक्षण गर्दै सभासदहरु राजेन्द्र पाण्डे, अर्जुननरसिंह केसी, बहादुरसिं लामा लगायत ।

तस्विर : रामेश्वर कार्की