पशुपतिडाडामा मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेट बैंक लिमिटेड शाखा कार्यालय

827 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- नीलकण्ठ नगरपालिकाको वडा नं १२ को पशुपतिडाडामा एक कार्यक्रमको आयोजना गरि बैङ्को शाखा उद्घाटन गरिएको हो ।

324x110xmirmire,P20micro,P20finance.JPG.pagespeed.ic.UsJcfNLZ8Xबिपन्न वर्गको आयमुलक कार्यमा लगानी गरि पिछडीएको वर्गका मानिसहरुको जिवनस्तरमा परिवर्तन ल्याई आत्मनिर्भर बन्न सहयोगी भुमिका निर्वाह गर्ने उद्देश्यका साथ धादिङमा पनि वैङक संचालनमा ल्याइएको उद्घाटनमा कार्यक्रममा जानकारी दिइएको छ ।

लघुकर्जाको माध्यमबाट निरपेक्ष गरिवीको रेखामूनी रहेका विपन्न वर्गमा स्वरोजगारका अवसर सिर्जना गरि महिला सशक्तिकरण तथा आयस्तरमा बृद्धि गराउने लक्ष्यका साथ बैङकले ग्रामिण क्षेत्रमा गएर काम सुरु गर्ने पनि बताइएको छ । २०६७ सालमा स्थापना भई काभे्रपलाञ्चोक, मकवानपुर, चितवन, नवलपरासि, नुवाकोट, रसुवा, धादिङ, दोलाखा गुल्मी, पाल्पा गरि १० जिल्लामा सेवा प्रवाह गर्दै आएको बैङकले देशभरमा ९ हजार तिन सय ५० जना सर्वसाधारणलाइ प्रत्यक्ष वित्तिय सेवा प्रदान गरेको बैकंका अध्यक्ष टेक बहादुर बोहोराले जानकारी दिनुभयो ।

देशभरका १ सय १ ओटा गाविस तथा नगरपालिकाहरुमा सेवा विस्तार गरि सदस्यहरुमा प्रत्यक्ष रुपमा वित्तिय सुविधा प्रदान गर्दै आएको जानकारी गराउदै गरिविको रेखामुनी रहेका धादिङका सर्वसाधारणहरुमा गाउँ गाउँ र बस्तीहरुमा पुगेर वित्तिय सेवा प्रदान गर्ने बैङकले जनाएको छ । उद्घाटन कार्यक्रममा पशुपती डाँडाका स्थानियहरुले बैक स्थापना भएकोमा खुसि व्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए ।