भाउजु भगाउछु भनेपछि माओवादी नेताको घाँटी रेटेर हत्या –

576 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

murder1-121x300
नुवाकोटका राजेश्वर मोक्तानको उनकै गाउँका दाईले हत्या गरेको खुलेको छ । भाउजुसँगको सम्बन्ध तथा पैसा लेनेदेनेको विवादलाई लिएर उनको अमर भन्ने ध्रुव बहादुर मोक्तानले हत्या गरेको प्रहरीले जनाएको छ । मोक्तानलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
नुवाकोट उर्लेनीका राजेश्वरको शव गत ३० साउनमा काभ्रेस्थलीको भेडीगोठममा पुरिएको अवस्थामा भेटिएको थियो । गत २० साउनमा उनको खुकुरीले घाटी रेटेर हत्या गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाले अभियुक्त धुव्रलाई नुवाकोटको उर्लेनीबाट पक्राउ गरेको हो । महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार गत २० गते छलफल गर्न भनेर उनीहरुल काभ्रेस्थली गएको झगडा हुँदा धुव्रले अमरलाई खुकुरी हानेर हत्या गरेका थियो । हत्या गर्ने उदेश्यले नै उनले राजेश्वरलाई एकान्तस्थानमा पुर्‍याएको अनुसन्धानमा खुलेको छ ।
राजेश्वर गाउँमा सहकारी पसल चलाएर बस्दथे भने धुव्र कामठाडौंमा मिस्त्री काम गर्दथे । काठमाडौंमा कमाएको पैसा धुव्रले राजेश्वरमार्फत श्रीमतीलाई पठाउदै आएका थिए । तर भाउजुलाई पैसा नदिई उनले ब्याज दिने भन्दै आफैं चलाउदै आएका थिए । ‘राजेश्वर र अभियुक्तकी श्रीमतीबीच अवैध सम्बन्ध रहेको भनेर गाउँमा हल्ला समेत भएको रहेछ,’ एसएसपी खनाल भन्छन्,‘भाउजुको २ लाख रुपैयाँ फिर्ता नदिएको विषयमा उनीहरुबीच पटक पटक झगडा हुदै आएको देखिन्छ ।’
काठमाडौंमै आएर छलफल गर्छु भन्दै राजेश्वर गत २० साउनमा फोन गरेका थिए । उनीहरु साँझ सवा ५ बजे माछापोखरीमा भेटी सँगै माइक्रो बस चढेर काभ्रेस्थली गएका थिए । काभ्रेस्थलीको भेडीगोठ नजिक हाइटमा झरेर खोचतर्फ गएका थिए । छलफलको क्रममा राजेश्वरले ‘जे हुनु भैगो, म तेरो श्रीमतीलाई राख्नु परे राख्छु, तर म पैसा तिर्दिन’ भनेपछि धुव्र आवेगमा आएका थिए । ‘मैले ज्याला मजदुरी गरेर कमाएको पैसा श्रीमतीलाई जे गर्छन् गर तर पैसा चाही चाहिन्छ’ भनेपछि झगडा चर्किएको थियो । त्यसपछि दुवै बीच हात हालाहाल गरी एकले अर्कालाई पछारी घाँटी थिच्ने काम गरेका थिए ।
तर धुव्र झगडा गर्नेमात्र योजनाले गएका थिएनन् । हत्या गर्ने योजनाले नै उनी मासु काट्ने खुकुरी पछाडी लुकाएर गएका थिए । सोही खुकुरीले ८/१० चोटी घाँटीमा हानेर हत्या गरी माटोले पुरेर भागेका थिए । हत्यापछि केही वर रहेको पुलबाट खुकुरी फालेर उनी कोठामा गएका थिए । इप्रका खरानीटारको सहयोगमा गाउँबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो । गत ३० गते उनी गाउँ गएका थिए । हत्यापछि उनी बैचैन थिए । ‘मलाई प्रहरीलाई पक्राउ गर्छ सबैकुरा भनिदिन्छु भनेर सोचेको थिए सर,’ पक्राउ पर्ने वित्तिकै उनले प्रहरीले भनेका थिए ।
प्रहरीका अनुसार अनैतिक सम्बन्ध भन्दा पनि हत्याको कारण पैसा नै देखिएको छ । अभियुक्त धुव्रले श्रीमीत सीता थिङलाई राजेश्वरमार्फत विगत २ वर्षमा २ लाख रुपैयाँ पठाएका थिए । तर उक्त पैसा आफैंले राख्दै आएका थिए । पैसा माग्दा ब्याज दिने भन्दै झुलाउदै आएको प्रहरीको भनाई छ ।
गत महिना सीताले पैसा माग्दा मसँग भागेर गए मात्र पैसा फिर्ता दिने र झगडा हुँदा जर्बजस्तीकरणी गर्ने उदेश्यले सीतालाई राजेश्वरले घाँटीमा समाती लडाएको समेत अनुसन्धानमा खुलेको अपराध महाशाखाले जनाएको छ ।
एमाओवादीका गाउँ कमिटी सचिव समेत रहेका राजेश्वर गाउँमा सहकारी पसल चलाउदै आएका थिए । बिहे गरेपछि श्रीमतीसँग उनको सम्बन्ध बिच्छेद भइसकेको थियो । -दृष्टि साप्ताहिकबाट