धरहरा तत्काल नबन्ने

392 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dharaharaकाठमाण्डु, ४ भदौ– १२ वैशाखको विनाशकारी भूकम्पका कारण भत्किएको ऐतिहासिक स्तम्भ धरहराको पुनर्निर्माण तत्काल सुरु नहुने भएको छ ।

सरकारले ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माणलाई केन्द्रित गरी बनाइरहेको खाकामा धरहरा पहिलो प्राथमिकतामा परेको छैन । सरकार धरहराबाहेक अन्य ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माणलाई केन्द्रित गरी खाका बनाइरहेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

‘पुनर्निर्माणसम्बन्धी खाका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामा केन्द्रित भएर बनिरहेको छ’ धरहरा तत्कालका लागि प्राथमिकतामा परेको छैन । धरहराका लागि विज्ञ–विशेषको टोली बसेर छुट्टै खाका बनाउनपर्ने भएकोले तत्कालका लागि त्यसतर्फ ध्यान नदिइएको उनको भनाइ छ ।