पेट्रोल,डिजेल, मट्टीतेल र एलपी ग्यासको मूल्य घट्यो

431 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल आयल निगमले पेट्रोल,डिजेल, मट्टीतेल र एलपी ग्यासको मूल्य घटाएको छ। आयल निगमका प्रवक्ता दीपक बोहोराका अनुसार पेट्रोलमा २ रूपैयाँ५० पैसा, डिजलमा २ रूपैयाँ, मटीतेलमा २रूपैयाँ र खाना पकाउने एलपी ग्यासमा ३५ रूपैयाँ मूल्य घटाएको हो। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। आज साँझ बसेको निगमको बैंठकले मूल्य घटाएसँगै पेट्रोल अब प्रतिलिटर १ सय ४ रुपैयाँ पाइन्छ भने डिजेल, मट्टितेल ८२ रुपैयाँमा बजारमा पाइन्छ।

timthumbगत साउन १७ गते पनि निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको थियो। खाना पकाउने एलपी ग्यासमा पनि प्रतिसिलिण्डर ३५ रुपैयाँ घटेर १ हजार ४ सय रूपैयाँ कायम गरिएको छ। निगमले गत असोज १३ गतेबाट स्वचालित प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटबढ गर्दै आएको छ। नयाँ मूल्य मंगलबार राति १२ बजेबाट लागू हुने छ।