नक्कली लाइसेन्स बनाइदिने पक्राउ

350 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

त्रिशूली(नुवाकोट) – गाडीको नक्कली अनुमतिपत्र बनाइदिने गिरोहलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले गत वर्ष कात्तिक ७ गते भाइटीकाको अघिल्लो दिन बेलकोटमा भएको बस दुर्घटनाका चालक आइतराम तामाङलाई नक्कली अनुमतिपत्र बनाइदिने काभ्रेपलाञ्चोक घर भएका कोटेश्वर बस्ने रामकुमार तिवारी र मदानपुर–६ का मिठाराम सिलवाललाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । दुवै अभियुक्तलाई सरकारी कागज किर्ते अपराधअन्तर्गत आज नै मुद्दा दायर गरिएको छ ।
यस्तै एक वर्षअघि ज्यान मार्ने उद्देश्यको घटनामा संलग्न भएको आरोपमा प्रहरीले देवीघाटका विकास चित्रकारलाई आज बिहान पक्राउ गरी सार्वजनिक गरेको छ । चित्रकारलाई गत वर्ष असोज १ गते रातमाटे–९ स्थित एग्रोभेटमा कार्यरत रामचन्द्र राईलाई ज्यानै मार्ने उद्देश्यले फलामको रड प्रहारी गरी घाइते बनाएको अरोप लागेको छ ।