नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङको गठन,अध्यक्षमा लोकनाथ डल्लाकोटी

1083 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बैरेनी–नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङको अध्यक्षमा लोकनाथ डल्लाकोटी सर्व सम्मत चयन हुनु भएको छ । शुक्रवार राती बैरेनी गाविस ९ रिम्स श्रोत केन्द्रमा सम्पन्न भएको संघको प्रथम जिल्ला अधिबेशनले डल्लाकोटीको अध्यक्षतामा ३१ सदस्यिय कार्य समितिको चयन गरेको हो ।
अधिबेशनबाट संघको जिल्ला उपाध्यक्षमा कमलनारायण श्रेष्ठ र रमेश त्रिपाठी,सचिवमा शालिकराम दुवाडी,कोषाध्यक्षमा माधव गजुरेल,सह सचिवमा बिष्णु श्रेष्ठ सर्व सम्मतबाट चयन हुनु भएको छ । ३१ सदस्यिय कार्यसमितिको सदस्यहरुमा राजाराम सिलवाल, कृष्णप्रसाद लम्साल,गंगासागर नेपाल,नृपेश न्यौपाने, सुमनकुमार श्रेष्ठ,किरण रावल,शुरेश मल्ल,दयाराम लम्साल,लोकवहादुर श्रेष्ठ रहनु भएको छ । यसैगरी अन्य सदस्यहरुमा कृष्णप्रसाद अधिकारी, कृष्णप्रसाद सिलवाल,हिरालाल तिमल्सिना,गोविन्द अधिकारी,गणेशकुमार श्रेष्ठ,राजकुमार श्रेष्ठ,किरण पाठक,मनोज कार्की,सन्तोष धिताल र गंगादत्त अधिकारी रहनु भएको छ । बांकी ५ सदस्य कार्य समितिको पहिलो वैठकले मनोनयन गर्ने वताईएको छ । जिल्लाका उद्यमी व्यवसायीहरुको हक हित र व्यवसायिक क्षेत्रमा देखापर्ने विभिन्न खाले समस्याहरुको समाधान गर्न पहल गर्ने लक्ष्यका साथ संघको गठन गरिएको छ ।
नेपाल राष्ट्रिय वाणिज्य संघ तदर्थ समिति धादिङका संयोजक हरीप्रसाद सापकोटाको अध्यक्षतामा भएको अधिबेशनको उदघाटन नेकपा एमाले केन्द्रिय लेखा आयोगका अध्यक्ष डाक्टर पुष्प कंडेलले गर्नु भएको थियो । अधिबेशन उदघाटन कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै डाक्टर कंडेलले व्यवसायीहरुको सुरक्षा र व्यवसायको प्रवद्र्धनका निम्ति मुलुकमा दिगो शान्ति आवश्यक हुने वताउनु भएको थियो । संविधान निर्माण प्रकृया लम्विंदै जांदा मुलुकले अहिलेको बिषम परिस्थितीको सामना गर्नुपरेकाले तत्काल समाधान गर्न सकिने समस्याहरुको समाधान खोज्दै जति सक्दो छिटो मुलुकलाई संविधान दिनुपर्ने डाक्टर कंडेलले बताउनु भयो ।
व्यवसायमा गरिएको लगानी सुरक्षा गर्ने वाताबरण वनाउनु अहिलेको आवश्यकता भएको डाक्टर कँडेलको सुझाव थियो । आर्थिक विकास नभए सम्म मुलुकको विकास नहुनेमा उहाको भनाई थियो ।
अधिबेशनलाई संघका केन्द्रिय अध्यक्ष धनराज आचार्य, नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य खेम लोहनी,नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी का साथै संघका मध्यमाञ्चल क्षेत्रीय उपाध्यक्ष अर्जुन गौतम लगायतले सम्वोधन गर्नु भएको थियो ।