बिद्युत्तले गर्दा हैरानी खेप्दै गल्छीका वासिन्दा

550 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बैरेनी – सरकारले देशका प्रस्तावित १० वटा नमुना शहर मध्येको एक भनेर चर्चामा ल्याएको धादिङको बैैरेनी गाविसको गल्छी क्षेत्रमा नेपाल टेलिकमको मोवाईल सेवा प्रभावकारी वन्न नसकेको एक बर्ष वित्नै लागेको छ । केही समय पहिले सम्म सामान्य अवस्थामा भने पनि संचालनमा रहेको दुर संचार सेवा हिजो आज ठप्प जस्तै भएको छ । वजार क्षेत्रमा मुस्किलले कतै नेटवर्क देखाएपनि आम वजारवासीले भने टेलिकमको मोवाइल सेवा सहजै उपभोग गर्न सकिरहेका छैनन । दुर संचार सेवामात्रै होइन प्रस्तावित शहरमा बिद्युत्त प्राधिकरणको सेवा पनि निकै कमजोर वन्दै गएको छ । प्रस्तावित शहरका निम्ति शहरी विकासका लागि सडक निर्माणका कार्यमा लगानी शुरु भएपनि बिद्युत्त लाईनको क्षमता कमजोर हुंदा यस क्षेत्रका आम उपभोक्ता हैरानी खेप्न वाध्य भएका छन ।
बिद्युत्त प्रवाह अनियमित हुंदा गल्छीमा संचालनमा रहेका उद्योग व्यवसायका संचालकहरु अनावश्यक क्षती सहनु पर्ने अवस्थामा पुगेका छन । नेपाल बिद्युत्त प्राधिकरण गजुरी प्रशाखा मार्फत धादिङको राजमार्ग क्षेत्र र आसपासका गाउं वस्तिमा बिद्युत्त बितरण तथा व्यवस्थापन हुंर्दैै आईरहेको छ ।
औद्योगिक करिडोरका रुपमा विकास भईरहेको राजमार्ग क्षेत्रको बिशेष गरी गल्छीवजार क्षेत्रमा बितरण गरिएको बिद्युत्त लाईन निकै कमजोर भएका कारण दिनमा ५० पटक भन्दा बढि विद्युत्त प्रशारण रोकिने गरेको छ ं। अनियमित रुपमा बिद्युत्त आउने जाने गर्दा राजमार्ग क्षेत्रमा बिद्युत्तवाट चल्ने मेशिनरी उपकरणहरु क्षती हुने क्रम बढ्दै गएको नेत्रावती छापाखानाका संचालक भरत अधिकारी बताउनुहुन्छ ।
उद्योग व्यवसाय रहेको क्षेत्रमा सामान्य क्षमता भन्दा बढी क्षमताको बिद्युत्त लाईन जडान गरि छुट्टै ट्रान्सफर्मर मार्फत बितरण हुनुपर्नेमा प्राधिकरणले एउटै लाईनबाट बितरण गर्दै आईरहेको छ । स्थानीय स्तरमा रोजगारीको सिर्जना गरी आर्थिक विकासमा योगदान पु¥याईरहेका उद्योग व्यवसायलाई प्राधिकरणले वेवास्ता गरिरहने हो भने उस्को लापरवाहीबाट भएको नोक्सानीका बिरुद्ध क्षतीपुर्तिको माग दावी गरेर कानूनी उपचारमा जानुपर्ने अवस्था आउन सक्ने व्यवसायीहरु बताउंछन ।
पछिल्लो समय राजमार्ग क्षेत्रको बैरेनी गाविस खण्डमा बिद्युत्तलाईनबाट चल्ने उद्योग व्यवसायको संख्या बढ्ेपनि यस क्षेत्रमा औद्योगिक लाईन विस्तारका लागि प्राधिकरणले चासो नदेखाएको स्थानीय व्यवसायीहरुको भनाई छ ।