चट्याङले मुरलीभञ्ज्याङ गाविस वडा नम्बर ५ पौवाखाल्टामा तीन घरमा क्षती

702 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२३ जेठ(धादिङन्युज ) बुधवार राती परेको चटयाङले लागेर धादिङको मुरलीभञ्ज्याङ गाविस वडा नम्बर ५ पौवाखाल्टामा तीन घरमा क्षती पुगेको छ ।
बुधवार राती १० वजेतिर परेको चट्याङ लागेर पोवाखाल्टाका रामजी लम्सालको गोठमा बांधिरहेको ५५ हजार मुल्यपर्नै एउटा व्याउने भैंसी,चुडावहादुर लम्सालको ११ हजार मुल्यको गोरु एउटा मारिएको छ । चट्याङमा परेर रामजी लम्साल,चुडावहादुर लम्साल,शम्भु लम्साल र धनवहादुर गुरुङको घरमा क्षती पुगेको छ ।