आफनो संविधान आफै निर्माण,दुईदिन सार्वजनिक विदा

808 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

constitutionकाठमाडौं,- संविधानसभाको दुई तिहाई बहुमतले संघीय गणतान्त्रिक नेपालको संविधान–२०७२ पारित गरेको छ ।

संविधानको विधेयकमा मत विभाजनका क्रममा उपस्थित ५३२ सदस्यमध्ये संविधानको पक्षमा ५०७ ले मत दिएका छन् भने विक्षमा राप्रपा नेपालका २५ सभासद्ले मात्रै मतदान गरेका छन्।

संविधानको मतदानमा राप्रपा नेपालल विपक्षमा मतदान गरेको थियो । मधेसी दललगायत एमाओवादीका सभासद प्रभु शाह गरी ५८ जनाले प्रक्रिया बहिस्कार गरेका छन् ।

पारित संविधानलाई नेपाली कागजमा मुद्रण गरेपछि संविधानसभाका सदस्यहरुले हस्ताक्षर गर्नेछन् । त्यसपछि राष्ट्रपतिले असौज ३ गते संविधान जारी गर्ने कार्यक्रम छ ।

संविधान पारित भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री सुशिल कोइरालाले ७० वर्षदेखि नेपाली जनताले गरेको प्रयासले सफलता पाएको संक्षिप्त प्रतिक्रिया दिए । “यो सबैको सफलता हो, यसमा सबैले दीपावली गरी खुशियाली मनाऔं एभरेष्ट दैनिकमा खबर छ । ।”