पृथ्वीराजमार्गको ज्यामिरेमा ट्याङकर त्रिशूलीमा खस्यो ,चालक सहित दुई जना वेपत्ता,ट्याङकर नदीमा

596 पटक पढिएको

सम्पादक: Dhadingnews.com

DSC01039

धादिङ,२४ जेठ(धादिङन्युज ) बुटवलवाट दुध लिएर काठमाण्डौ आउंदै गरेको ट्याङकर धादिङको जोगिमारा गाविसमा पर्ने पृथ्वीराजमार्गवाट त्रिशूली नदीमा खस्दाएक जनाको सकुशल उद्धार भएको छ  दुई जना अझै  वेपत्ता भएका छन । ट्याङकर त्रिशूली नदीमा डुविरहेको छ ।
जोगिमारा प्रहरी चौकीका अनुसार राती १ वजे तिर जोगिमारा गाविसमा पर्ने पृथ्वीराजमार्गको ज्यामिरेघाट नजिकैवाट वा १ घ ५४४ नम्बरको ट्याङकर सडक देखि ५० मिटर तल त्रिशूली नदीमा खस्दा ट्याङकरका चालक रुपन्देही जिल्ला बुद्धनगर–७ का ३० बर्षिय छज्ञवहादुर थापा र अर्का एक प्यासेन्जर हराईरहेका छन । ट्रकका सह चालक २३ बर्षिय प्रकाश पौडेलको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । सडकवाट ५० मिटर तल नदीमा खसेको  ट्याङकरलाई नदीले वगाएर १५ मिटर तल पु¥याईसकेको भएपनि नदीमा वढीरहेको वाढी र अविरल बर्षाका कारण थप समस्या आएको प्रहरीले जनाएको छ ।
सकुशल उद्धार गरिएको सह चालकलाई उपचारका लागि सानेपास्थित स्टार अस्पताल पठाईएको छ । रातभर पानी परिरहेकाले सडकमा जमेको माटो र वालुवाका कारण ट्याङकर सडकवाट चिप्लिएर खसेको हुनसक्ने अनुमान गरिएको छ ।