नयाँ संविधान घोषणा, नेपाल नयाँ युगमा प्रवेश,धादिङ लगायत देशभर खुसियाली

879 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

12004038_838091986304241_8849142475075241303_nधादिङ ३ असोज । राष्ट्रपति डाक्टर रामवरण यादवले नेपालको नयाँ संविधान घोषणा गर्नुभएको छ ।
आइतबार साँझ पौने ६ बजे राष्ट्रपति यादवले नयाँ संविधानमा हस्ताक्षर गरी जारी गर्नुभएको हो । उहाँले संविधान जारी गरिरहँदा लामो समयसम्म सभासद्हरुले तालीको गड्गडाहटका साथ ूवागत गरेका थिए ।
आईतबार साँझ ५ बजे संविधान जारी गर्ने कार्यक्रम रहे पनि प्राविधिक कारण देखाउँदै राष्ट्रपति पौने छ बजेमात्र संविधानसभा भवन पुग्नुभएको थियो ।
नयाँ संविधान जारी भएपछि आइतबारबाट मुलुक नयाँ युगमा प्रवेश गरेको छ । करिब ७० वर्ष लामो प्रतिक्षापछि संविधान निर्माणको सपना साकार भएकोमा धादिङ लगायत देशभर खुसियाली छाएको छ ।
12002157_964510300279308_4128011321151777687_nदोस्रो संविधानसभाले आइतबार पौने ६ संविधान जारी गरेपछि धादिङको गणेश हिमालदेखि महाभारत सम्मका नागरिक खुसी भएका छन । संविधानसभाको अत्याधिक बहुमतले संविधान पारित गरेदेखि शुरु भएको दीपावली र नाचगान आईतबार रातभर पनि देशभर जारी रहेको थियो । बैरेनीका युवाहरुले आईतबार विहान पृग्वीराजमार्गमा मोटर साईकल तथा कार ¥याली निकालेर संविधानको स्वागत गरेका थिए भने नेपाल प्रेस युनियन धादिङले सदरमुकाम धादिङबेसीमा मिठाई बांडेर खुसीयाली मनाएको थियो । त्यसैगरी आईतबार सांझ सदरमुकाम धादिङबेसीको पुछारवजार, बिचवजार लगायतका मुख्य चोकमा सर्वसाधरणले स्वतस्र्फुत रुपमा दिप प्रज्वलन गरेर नयां संविधानको स्वागत गरेका छन । बैरेनी गाविसका भजन समुहले पृथ्वीराजमार्गको मास्टार देखि गल्छीचोक सम्म भजन गाउंदै नाचगान गरेर नयाँ संविधानको स्वागत संगै खुसीयाली मनाएका छन ।

संविधान घोषणाको खबरले धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी, उत्तरी धादिङको प्रमुख व्यापारिक केन्द्र आरुघाट, खहरेका साथै दक्षिणी धादिङको खानीखोला,नौविसे,धार्के,महादेववेसी, सिम्ले, गल्छी, बैरेनी,मास्टार, आदमघाट, घाटवेसी, गजुरी, मलेखु, वेनिघाट,चरौंदी, जोगिमारा लगायतका वजार तथा गाउं वस्तिका विभिन्न सविभिन्न संस्था, समुदाय र वासिन्दाले फरक फरक कार्यक्रमको आयोजना गरी संविधानको खुसीमा रमाएका थिए ।
जिल्लाका विभिन्न स्थानमा आईतबार दिनभर विभिन्न संघ संगठनका सदस्य र सर्वसाधरण राष्ट्रिय झण्डासहित सडकमा निस्केर खुसी साटासाट गरेका थिए ।

सडकमा निस्केका नागरिकले संविधान जारी हुनु अगावै अबिरजात्रा समेत गरेका थिए ।दलहरुले दक्षिणी छिमेकीको कुरा नसुनी आफ्नै निर्णयबाट संविधान जारी गर्न सफल भएको भन्दै यसअघिका तिता कुरा बिर्सेर नागरिकले दल र तिनका नेत्तृत्वलाई धन्यवाद दिएका छन ।