नयाँ संविधानको धादिङमा पनि स्वागत, धादिङबेसीमा सयुक्त सभा सम्पन्न

628 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

savaधादिङ–भदौ ४, मुलुकले नयाँ संविधान जारी भएको खुसियालीमा आज धादिङबेसी स्थित नीलकण्ठ उमाविको प्राङगाणमा संयुक्त सभा सम्पन्न भएको छ । सधै भिन्न –भिन्न अभिव्यक्ति दिने नेताहरुले सोमबार धादिङबेसीमा सम्पन्न भएको सभामा भने एकै प्रकारको अभिव्यक्ति दिएका छन् । कार्यक्रममा अतिथी हुँदा आक्कल झुक्कल भेटघाट हुँदा हात मिलाएर सन्चो विसन्चोको कुरा गर्ने नेताहरु सोमबार भने एउटै ब्यानर बोकेर गफिदै हिडेका थिए । मुलुकले नयाँ संविधान जारी गरेको अवसरमा राजनीतिक संयुक्त दल धादिङ र स्थानीय शान्ति समितिको सह–आयोजनामा धादिङबेसीमा सभा सम्पन्न भएको हो ।  नेपाली जनताको ६७ वर्ष पुरानो आकांक्षा पुरा भएको अवसरमा आज धादिङ सहित प्रत्येक जिल्ला सदरमुकाममा संयुक्त आमासभा आयोजना गरीएको हो । आम सभालाई पुर्व  स्थानीय विकास मन्त्री तथा नेकपा एमालेका नेता राजेन्द्र प्रसाद पाण्डे, पुर्व शिक्षा मन्त्री गँगा लाल तुलाधर, गुरु प्रसाद बुर्लाकोटी, धन बहादुर घले र परशुराम तामाङले सम्बोधन गर्नुभएको थियो । नयाँ संविधान पाउने नेपालीहरुको चााहन पुरा भएको भन्दै उहाँहरुले धादिङबासीलाई बधाई दिनुभएको थियो । साथै अहिले जारी भएको संविधान अग्रगामी र जनतामुखी समेत भएको नेताहरुले स्पष्ट पार्नुभएको थियो ।